Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

इपीएस भाषा उतिर्ण बिद्यार्थीलाई जेएन सर कोरियन भाषाद्वारा बधाइ तथा सम्मान

इपीएस भाषा उतिर्ण बिद्यार्थीलाई जेएन सर कोरियन भाषाद्वारा बधाइ तथा सम्मान

  • 2.4K
    SHARES

  • इपीएस भाषा उतिर्ण बिद्यार्थीलाई जेएन सर कोरियन भाषाद्वारा बधाइ तथा सम्मान

    बुटवल,मङसिर १० ।

    इपीएस भाषा उतिर्ण बिद्यार्थीलाई जेएन सर कोरियन भाषा (रोजगार ईन्स्टिच्युट) बुटवलले बधाइ तथा सम्मान गरेकाे छ।
    काेरियन भाषाको हालै प्रकाशित नतिजा अनुसार उत्तीर्ण बिद्यार्थीहरुलाइ बिदाइ तथा नया विद्यार्थीहरुलाई स्वागत गरिएको हो।
    २०२२ मा उत्पादन मुलक क्षेत्रको दोस्रो चरणको परिक्षमा उत्तीर्ण भएकालाई बिदाइ गरिएको हो भने नया अध्ययनको लागि आएका बिद्यार्थीहरुलाई स्वागत गरिएको प्रीन्सिपल जगन्नाथ न्यौपाने (JN SIR)ले जानकारी दिनुभयाे ।

    बुटवल १२ तामनगर हाेष्टेलमा बसेर अध्यन गरेका बिद्यार्थी र बुटवल ईन्स्टिच्युबाट उत्पादनमुलकको दोस्रो चरणमा इपीएस  दिनुभएका बिद्यार्थीहरुको सतप्रतिशत उत्तीर्ण गरेको न्यौपानेले जानकारी दिनुभयो।

    कृषि तथा उत्पादनमुलक क्षेत्रमा परिक्षा दिने बिद्यार्थी होस्टेल तर्फ सत प्रतिशत उतिर्ण भएको र आफुहरुले युट्युब  र विभिन्न अन्लाईनमार्फत पढाएका धेरै बिद्यार्थीहरु पनि लाभान्वित भएको भनी सह प्रशिक्षक तथा होस्टेल इन्चार्ज  शालिक अधिकारी जानकारी दिनुभयो।
    कार्यक्रममा ईन्स्टिच्युटका सञ्चालक अर्जुन बिश्वकर्माले बिद्यार्थीकै परिश्रमककै कारणले गर्व महसुस गराएको बताए। उनले ईन्स्टिच्युटले हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउदै गरेको दाबी गरे।
    उनले न्युनतम लगानीमा होस्टलको सुबिधा प्रदान गरेको बताउदै ४ हजार मासिकमा एक जना बिद्यार्थी राखेर अध्यापन गराईरहेको बताए।
    कार्यक्रममा सहायक प्रशिक्षक शालिकराम अधिकारी , ब्यवस्थापक सुरेश पन्थी, प्रशिक्षक यादब अधिकारी , जोसेफ कहर, बिद्यार्थी महेश भट्टराईले आफ्नो मन्तव्य राखेका थिए।jnn.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology