दाङ ,मङसिर ८ ।
दाङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका महासचिव शंकर पोखरेल प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन् । उनलाई गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी नेतृ रेखा शर्माले पराजित गरेकी हुन् ।
शर्माले पोखरेललाइ १९६ मतान्तरले पराजित गरेकी हुन ।
७९ हजार ४ सय ४६ मत गणना गर्दा पूर्व मन्त्रीसमेत रहेकी रेखाले २६ हजार ८ सय ७७ मत प्राप्त गरेकी हुन । एमाले महासचिव शंकरले २६ हजार ६ सय ८१ मत प्राप्त गरेका थिए ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)