बुटवल,मङसिर ८ ।
लायन्स क्लव अफ बुटवल सिद्धबाबा भृकुटीको आयोजनामा पिस पोष्टर प्रतियोगिता सम्पन्न भएको छ।
लायन्स क्लव इन्टरनेशनलको आव्हानमा प्रत्येक वर्ष सञ्चालन हुने प्रतियोगिताको निरन्तरता स्वरूप कार्यक्रमको आयोजना भएको हो। संसारभरका बालबालिकाहरूमा शान्तिको महत्त्व उजागर गराउने उदेश्यले पिस पोष्टर प्रतियोगिता गरिएको क्लवकी अध्यक्ष लायन कमला पन्थले बताउनुभयो ।
बुटवल उपमहानगरपालिका, कालिकानगरमा अवस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयमा सञ्चालन भएको उक्त प्रतियोगितामा १० जना प्रतियोगीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा लायन्स क्लव इन्टरनेशनल, डिस्ट्रिक्ट ३२५ ‘पी’ का सिनियर डिस्ट्रिक्ट एड्भाइजर राधिका भुषाल प्रमुख आतिथि तथा विशिष्ट अतिथि द्वय डिस्ट्रिक्ट चिफ र क्लस्टर चिफ एमजेएफपार्वती ज्ञवाली र सुष्मा केसी हुनुहुन्थ्यो ।
कालिका मानवज्ञान माविका छात्रछात्रा बीच गरिएको प्रतियोगितामा प्रथम,द्वितीय,तृतीय क्रमश दीपिका भट्टराई,दीपेश भट्टराई र सम्पदा गौतम हुनुभएको थियो ।
क्लवकी अध्यक्ष कमला पन्थको सभापतित्त्वमा सञ्चालित उक्त कार्यक्रममा क्लवका द्वितीय उपाध्यक्ष तथा कार्यक्रम संयोजक सिता पाण्डे, सचिव सिता रायमाझी, सदस्य द्वय शारदा कणेल, कमला भुषालको समेत कार्यक्रम सफल बनाउन उल्लेखनीय भूमिका रहेको थियो।
कार्यक्रममा पुरस्कृतहरूलाई सम्मान गरिएको छ । सो अबसरमा रिजन चेयरपर्सन जमुना पाण्डे, जोन चेयरपर्सन अनामिका घिमिरे , लायन्स क्लव अफ बुटवल सिद्धार्थका अध्यक्ष ओम थापा, विद्यालयको तर्फबाट सहयोगी शिक्षक विमल आत्रेय तथा अन्य लायन्स सदस्यहरूको उपस्थिति रहेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)