ललितपुर, मङ्सिर ८ ।
ललितपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की डा.तोसिमा कार्की विजयी हुनुभएको छ ।
निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार उहाँ ३१ हजार १३६ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका अमृत खड्कालाई १८ हजार १६३ मतले पछि पार्नुहुँदै डा.तोसिमा विजयी हुनुभएको हो ।
खड्काले १२ हजार ९६३ मत प्राप्त गर्नुभएको छ । नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले आठ हजार ७६९ मत प्राप्त गर्नुभएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)