पाल्पा,मङ्सिर ८ ।
नेपाली कांग्रेसका उम्मेदवार वीरबहादुर राना प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ । रानाले १६ हजार ३९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका पर्शुराम भट्टराईले १३ हजार ९६४ मत ल्याउनुभएको थियो ।
पाल्पा क्षेत्र नं २ कबाट उम्मेदवार बन्नु भएका राना प्रदेशसभा सदस्यमा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय तानसेनले जनाएको छ ।
यो प्रदेशमा मङ्गोल नेश्नल अर्गनाइजेसनका लक्ष्मण गाहाले एक हजार ५९७ र राप्रपाका राजु गैरेले एक हजार ५२० मत ल्याउनुभएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)