बुटवल,मंसिर ७ ।
रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टीका नेता सर्वेन्द्रनाथ शुक्ल विजयी हुनुभएको छ ।
शुक्लाले २८ हजार मत ल्याई विजयी हुँदा उहाँका निकटतम् प्रतिद्वन्दी नेपाली काँग्रेसका प्रमोदकुमार यादवले २२ हजार ७ सय ४ मत पाउनुभयो ।
यादवसँग यस अघिको निर्वाचनमा शुक्ल पराजित हुनुभएको थियो । शुक्ल संविधान सभा सदस्य समेत हुनुहुन्थ्यो ।
जनमत पार्टीका भोपेन्द्र प्रसाद यादवले १५ हजार ५ सय २६ मत पाउनुभयो । कुल १ लाख दस हजार ६ सय ५९ मत रहेको क्षेत्र नम्बर ४ मा ६९ दशमलव ६४ प्रतिशत अर्थात ७७ हजार ६४ मत खसेको थियो ।
वि.सं. २०४६ सालको राजनीतिक परिवर्तनपछि राजनीतिमा सक्रिय शुक्ल राजनीतिका साथै व्यवसायीका रूपमा समेत परिचित हुनुहुन्छ ।
हेराैँ नतिजा :
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)