Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुकुम पूर्वबाट माओवादी केन्द्रका पूर्णबहादुर घर्ती प्रतिनिधिसभामा निर्वाचित

रुकुम पूर्वबाट माओवादी केन्द्रका पूर्णबहादुर घर्ती प्रतिनिधिसभामा निर्वाचित

  • 2.0K
    SHARES

  • रुकुम पूर्वबाट माओवादी केन्द्रका पूर्णबहादुर घर्ती प्रतिनिधिसभामा निर्वाचित

    बुटवल, मंसिर ७ ।

    रुकुम पूर्वबाट सत्तारुढ गठवन्धनवाट प्रतिनिधिसभाका उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्तीमगर १२ हजार २६२ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

    निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कैलाशकुमार मल्ललाई ७ हजार ४१ मतान्तरले हराउदै घर्तीमगर विजयी भएका हुन् ।

    नेकपा एमालेका उम्मेदवार मल्लले ५ हजार २२१ मत प्राप्त गरेका छन । लुम्बिनी प्रदेशका निवर्तमान सभामुख समेत रहेका घर्तीको संघीय संसदमा भने यो पहिलो प्रवेश हो ।

    प्रदेश सभामा स्वतन्त्र र कांग्रेसले जिते :

    प्रदेश सभा १ मा स्वतन्त्र उम्मदवार सुरुल पुन ४ हजार ४६५ मतका साथ विजयी भएका छन । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका तेजबहादुर वलीलाई ५३३ मतान्तरले पराजित गरेका छन । लोकतान्त्रिक वाम गठवन्धनका साझा उम्मेदवार वलीले ३ हजार ९३२ मत प्राप्त गरेका छन ।

    रुकुम पूर्वकै प्रदेश सभा २ मा भने नेपाली कांग्रेसका धनवहादुर केसी ४ हजार ८६२ मतका साथ विजयी भएका छन् ।

    सत्ता गठबन्धनका साझा उम्मेदवार केसीले स्वतन्त्र उम्मेदवार नरहरि खड्कालाई २ हजार ६१८ मतान्तरले हराएका छन् । स्वतन्त्र उम्मेदवार खड्काले २ हजार २४४ मत प्राप्त गरेका छन ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology