विराटनगर,मङ्सिर ७ ।
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले मोरङ क्षेत्र नम्बर ६ मा अग्रता बढाएका छन् । उनी २५ हजार २ सय ९५ मत गणना भइसक्दा आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लालबाबु पण्डितभन्दा १ हजार ६ सय मतले अगाडि देखिएका छन्।
यो चुनाव क्षेत्रमा कुल मतदाता संख्या १ लाख २६ हजार ७ सय ६८ थियो, जसमा ८५ हजार ८ सय २७ मत खसेको छ। अघिल्लो संसदीय चुनावमा कोइराला पण्डितसँगै पराजित भएका थिए।
शेखर कोइराला -नेपाली कांग्रेस– ९६८६
लालबाबु पण्डित-नेकपा एमाले–८०२६
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)