बुटवल,मङ्सिर ६ ।
रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार विष्णु पौडेलले अग्रता लिन शुरु गरेका छन् ।
मतगणनाको सुरुवातदेखि नै अग्रता लिइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई उनले पछि पारेका छन् । १५ हजार ६२४ मत गणना हुँदा एमालेका पौडेलले ५ हजार ३११ मत ल्याएका छन् भने रास्वपाका पौडेलले ५ हजार १३६ मत पाएका छन् ।
सत्ता गठबन्धनको समर्थन पाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा ३ हजार ९६० मत पाउँदै तेस्रो स्थानमा छन् ।
१ लाख २६ हजार ८०७ मतदाता रहेको क्षेत्र नम्बर २ मा ८० हजार मत खसेको थियो । यो क्षेत्रमा विष्णु पौडेलले यसअघि लगातार तीनवटा निर्वाचन जितेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)