Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुकुमपूर्वमा लुम्बिनीका पूर्व सभामुख पूर्णबहादुर घर्तीमगरकाे अग्रता

रुकुमपूर्वमा लुम्बिनीका पूर्व सभामुख पूर्णबहादुर घर्तीमगरकाे अग्रता

  • 1.4K
    SHARES

  • रुकुमपूर्वमा लुम्बिनीका पूर्व सभामुख पूर्णबहादुर घर्तीमगरकाे अग्रता

    रुकुमपूर्व,मङ्सिर ६ ।

    रुकुमपूर्व एक मात्र रहेको प्रतिनिधि सभामा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्तीमगर र प्रदेश निर्वाचन क्षेत्र (क)मा स्वतन्त्र उम्मेदवार बिजुली बल्ब चुनाव चिन्हका सुरुल पुनमगर (अजयशक्ति)ले अग्रता कायम गरिराख्नुभएको छ । 

    घर्ती लुम्बिनी प्रदेशका पूर्व सभामुख समेत हुनुहुन्छ ।

    १४ वटा वडा रहेको पुथाउत्तरगङ्गा गाउँपालिकाको ९, १३ र १४ मत परिणाम आउन बाँकी रहँदा प्रतिनिधि सभामा सत्ता गठबन्धनतर्फका नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्तीमगरले तीन हजार एक सय ६, यसैगरी, नेकपा एमालेका कैलाशकुमार मल्लले एक हजार दुई सय ४८ मत प्राप्त गर्नु भएको सहायक निर्वाचन अधिकृत केशव पराजुलीले जानकारी दिनुभयो ।

    एमालेका मल्लभन्दा माओवादी केन्द्रका घर्ती मगर एक हजार आठ सय ५८ मतले अघि हुनुहुन्छ । यसैगरी, प्रदेश सभा क्षेत्र (क) मा बिजुलीको बल्ब चुनाव चिन्हका स्वतन्त्र उम्मेदवार सुरुल पुन मगर अग्रता कायम गरिराख्नु भएको छ ।

    पुनमगरले दुई हजार दुई सय ३६ मत प्राप्त गर्दा सत्ता गठबन्धनतर्फका माओवादी केन्द्रका तेजबहादुर ओलीले दुई हजार ५४ मत प्राप्त गर्नु भएको पराजुलीले जानकारी दिनुभयो । अहिले गठबन्धनका ओली भन्दा स्वतन्त्र उम्मेदवार पुन मगर एक सय ८२ मतले अघि हुनुहुन्छ ।

    purna gm.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology