Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गुल्मी २ मा एमालेका गोकर्ण बिष्टको अग्रता

गुल्मी २ मा एमालेका गोकर्ण बिष्टको अग्रता

  • 1.7K
    SHARES

  • गुल्मी २ मा  एमालेका गोकर्ण बिष्टको अग्रता

    गुल्मी ,मंसिर ५ ।

    प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तरगत गुल्मी जिल्लाको क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ ।

    मतगणनामा एमालेका गोकर्ण बिष्टले सुरुवाती अग्रता कायम गरेका छन् । उम्मेदवार बिष्टको पालिका इस्मा गाउँपालिकाबाट बेलुकी ५ बजेबाट मतगणना सुरु गरिएको छ । वडानम्बर १ को मतगणना सम्पन्न भएको छ । 

    प्राप्त परिणाम अनुसार बिष्टले १६७७ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी एकीकृत समाजवादीबाट गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीले १३१६ मत ल्याएकी छन् । 

    गुल्मी क्षेत्रनम्बर–२ मा १ लाख ४ हजार ३२७ मतदाता मध्ये ५८ हजार ७७३ मत खसेको थियो । यस निर्वाचन क्षेत्रमा ५६ प्रतिशत मत खसेको थियो । यस निर्वाचन क्षेत्रमा तीनजना निर्वाचित पदका लागि ३० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology