Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

९९ बर्षिय जैकला भन्नुहुन्छ,‘नातीनीले छाप लगाइदिइन् ,मैले बाक्सामा खसालेँ’

९९ बर्षिय जैकला भन्नुहुन्छ,‘नातीनीले छाप लगाइदिइन् ,मैले बाक्सामा खसालेँ’

  • 933
    SHARES

  • ९९ बर्षिय जैकला भन्नुहुन्छ,‘नातीनीले छाप लगाइदिइन् ,मैले बाक्सामा खसालेँ’

    बुटवल,मङसिर ४ ।
    बुटवल उपमहानगरपालिका वडा न १२ मा ९९ बर्षिय जैकला शर्माले मतदान गर्नुभएको छ ।

    आइतवार सम्पन्न  प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा रुपन्देही क्षेत्र २ अन्तर्गत नयांगांउ माबि मतदान केन्द्रमा नाती नातीनीको सहासामा आउनुभएकी उहाँले मतदान गर्नुभएको हो । ‘मैले आखाँले देख्दिन,नातिनीले भोट हादिदिइन् , बाक्सामा भोट मैले खसालेँकी हुँ । ’उहाँले भन्नुभयो ।

    बुटवल १२ तामनगर निबासी शर्माले आफै पकाएर खाने गरेको समेत बताउनुभयो । ‘श्रीमान् बित्नुभयो,मैले अरुले पकाएको खान्न ।’उहाँको भनाइ छ । यो केन्द्रमा मतदान शान्तिपुर्वक सम्पन्न भएको छ ।

    बुटवल यो मतदान स्थलमा ४ हजार ७२ मतदान ६४ प्रतिशत मतदान भएको हो भने स्थानिय तहको भन्दा ६ प्रतिशत कम मतदान भएको निवार्चन अधिकृतले बताउनुभयो ।रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेका अनुसार जिल्लामा ६८ प्रतिशत मतदान भएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology