बुटवल,मङसिर ४ ।
गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले रुपन्देहीको क्षेत्र नं. १ को तिलोत्तमा वडा नं. ८ ज्योती आधारभूत विद्यालयमा रहेको मतदान स्थलबाट मतदान गर्नुभएको छ ।
रुपन्देही क्षेत्र नं. ३ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभा का उम्मेदवार रहनु भएका खाणको मतदाता नामवली क्षेत्र नंं. १ मा रहेको थियो ।
उहाँले निर्वाचनमा मतदाताको उत्साहजनक सहभागीता भइरहेको र शान्तीपूर्ण तरिकाले मतदान सम्पन्न भएको प्रक्रिया दिनु भयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)