बुटवल,मंसिर १ ।
लायन्स क्लव अफ बुटवल गोल्डेन जुब्लीले गुल्मीको एक बिद्यालयका बिद्यार्थीलाई पोशाक तथा स्टेशनरी सामाग्री सहयोग गरेको छ ।
क्लवको बार्षिक कार्ययोजना अनुसार माइ लायन भिलेजको अवधारणा अनुसार गुल्मीको इश्मा गाउँपालिका ६ अमरपुरमा रहेको मल्मा आधारभूत बिद्यालयका बिद्यार्थीलाई पोशाक तथा स्टेशनरी सामाग्री तथा इलेक्ट्रिक सामान सहयोग गरेको क्लवका अध्यक्षका अध्यक्ष अशोक भट्टराईले बताए ।
सो अबसरमा क्लवका संस्थापक अध्यक्ष पशुपति उपाध्याय आबेश,इश्मा गाउँपालिकाका भगत खड्का, गाउँपालिका ६ का वडाध्यक्ष ढालबहादुर कुवर,बिद्यालय ब्यबस्थापक समितिका अध्यक्ष बोमलाल भण्डारी,बिद्यालयका प्रधानाध्यापक माया महत,लायन्स क्लव अफ बुटवलका पुर्व अध्यक्ष लोकप्रसाद खरेल,कार्यक्रम संयोजक शिवम न्यौपाने लगायतले बोलेका थिए ।
क्लवले १ लाख ३० हजार बराबरमा सामाग्री हस्तान्तरण गरेको जनाएको छ ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)