Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनीलाई केन्द्रमा राखी क्षेत्र नं. ५ को योजनाबद्ध विकास गर्छु : बासुदेव घिमिरे

लुम्बिनीलाई केन्द्रमा राखी क्षेत्र नं. ५ को योजनाबद्ध विकास गर्छु : बासुदेव घिमिरे

  • 1.3K
    SHARES

  • लुम्बिनीलाई केन्द्रमा राखी क्षेत्र नं. ५ को योजनाबद्ध विकास गर्छु : बासुदेव  घिमिरे

    कञ्चन,मंसिर १ ।

    आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको प्रसारप्रसारको अन्तिम दिन नेकपा एमाले, जसपा र राप्रपाले रुपन्देही क्षेत्र नं. ५ का विभिन्न स्थानमा कोणसभा तथा घरदैलो गरेका छन् । यसैक्रममा कञ्चन गाउँपालिका वडा नं. ५ भैसाही दुर्गा मन्दिर टोलमा आयोजित कोणसभामा विभिन्न पार्टी परित्याग गरी १ सय १५ जना नेकपा एमाले प्रवेश गरेका छन् ।    

    उनीहरुलाई पार्टी प्रवेश गराउँदै एमाले रुपन्देही इन्चार्ज तथा प्रदेशसभा  सदस्य पदका उम्मेदवार भुमिश्वर ढकालले क्षेत्र नं. ५ मा एमालेको जीत सुनिश्चित रहेको दाबी गर्दै पार्टी प्रवेश गर्नेहरुलाई पार्टीमा उचित जिम्मेवारी दिइने बताउनुभयो ।

    प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बासुदेव घिमिरेले पहिलो नगर प्रमुख भएर तिलोत्तमा नगरपालिकालाई मुलुककैं उत्कृष्ट नगरपालिका बनाएको अनुभवलाई क्षेत्र नं. ५ को समग्र विकासमा लगाउने बताउनुभयो ।

    विकासको ठूलो सम्भावना बोकेको क्षेत्र नं. ५ लाई तिलोत्तमा जस्तै सुन्दर, सफा, विकासमा नमूना क्षेत्र बनाउने आफ्नो स्पष्ट योजना रहेको बताउँदै उहाँले यहाँका अव्यवस्थित बसोबासी, भूमिहीन दलित, सुकुम्बासीलाई भूमिको मालिक बनाउनेदेखि किसानले कयौं वर्षदेखि भोग्दै आएको सिंचाई, मलखाद, कृषि उपजको बजारीकरण सम्बन्धी समस्या समाधान गर्ने बताउनुभयो ।

    लुम्बिनीलाई केन्द्र भागमा राखी यहाँका पर्यटकीय क्षेत्रको एकीकृत विकास गर्दै तालतलैया, नदीनाला, मठ मन्दिर, मस्जिद, गुम्बा, विद्यालय, मदरासाको विकासमा ध्यान दिने उम्मेदवार घिमिरेको भनाइ छ । यस क्षेत्रमा सुविधासम्पन्न अस्पताल, प्राविधिक शिक्षालय, क्याम्पस निर्माण, सडकहरुको स्तरोन्नती, बेरोजगारी समस्या समाधान, महिला तथा युवाहरुको सशक्तिकरण, कक्रहवा नाकाको स्तरोन्नती, ज्येष्ठ नागरिकको सम्मानलाई प्रतिबद्धतामा उहाँले जानकारी दिनुभयो ।

    यस्तै पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य  गोकर्ण बहादुर क्षेत्रीले रुपन्देही क्षेत्र नं. ५ को विकास र समृद्धिको लागि एमालेको जीत अपरिहार्य रहेको बताउनुभयो । कार्यक्रममा एमाले प्रदेश सल्लाहकार कृष्ण अधिकारी, जिल्ला कमिटी सदस्य भरतमणि सापकोटा, हेमा बेल्बासे, एमाले कञ्चन गाउँ कमिटी अध्यक्ष दिनानाथ आचार्यले क्षेत्र नं. ५ मा पटकपटक जितेका सांसदले जनअपेक्षाअनुसार काम नगरेकाले एमाले उम्मेदवारलाई मत दिन आग्रह गर्नुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology