Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलमा सत्ता गठबन्धनकाे शक्ति प्रदर्शन (फाेटाेफिचर)

बुटवलमा सत्ता गठबन्धनकाे शक्ति प्रदर्शन (फाेटाेफिचर)

  • 2.8K
    SHARES

  • बुटवलमा सत्ता गठबन्धनकाे शक्ति प्रदर्शन (फाेटाेफिचर)

    बुटवल,मंसिर १ ।

    रुपन्देही क्षेत्र नं. २ मा सत्ता गठबन्धनले शक्ति प्रदर्शन गरेकाे छ । चुनाव प्रचारकाे अन्तिम दिन उम्मेदवारहरुले बृहत र्याली सहित बुटवल बजार परिक्रमा गरेका हुन । बुटवलमा गठबन्धनका उम्मेदवारहरुको पक्षमा उर्लिएको विशाल जुलुसले चुनावी माहोल मात्र ल्याएन, चुनाव कस्ले जित्छ भन्ने प्रश्नको पनि उत्तर दिएको बुटवलबासीले बताउन थालेका छन्।

    मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि क्षेत्र नं. २(२) मा गठबन्धनका उम्मेदवारहरुको समर्थनमा उत्साहजक सहभागिताले गठबन्धनकाे जित सुनिश्चित भएकाे देखिन्छ । बुटवल पुष्षलाल पार्कबाट सुरु भएको बृह्त र्याली अमरपथ बजार ,दुर्गा मन्दिर ,ट्राफिक चाेक हुदैँ विपि चाेकमा पुगेर काेण सभामा परिणत भएको थियो।

    गठबन्धनलाई बिजय उन्मुख छ : बामदेव क्षेत्री

    butwal netaa.jpgसभालाई सम्बोधन गर्दै रुपन्देही २(२) का उम्मेदवार बामदेव क्षेत्रीले बृहत् प्रदर्शनीले गठबन्धनलाई बिजय उन्मुख गराएको बताए ।

    मंसिर ४ गते मतदान गरेर बिजयको सुनिश्चित गर्न सहभागीहरुलाई आग्रह गर्दै निर्वाचन जित्नका लागि मात्रै गठबन्धन नबनेको भन्दै राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षासँगै मुलकको समृद्धिका लागि र संसद विगटन गर्ने र जनताको उपलब्धिहरुलाई मास्न खोज्नेहरुका विरुद्धमा भएकाले मतदाताहरुलाई कही कतै नअल्मलाई गठबन्धनका पक्षमा मतदान गर्न अनुरोध गरेका थिए। 

    एमालेलाई सुर्य ग्रहण लागेकाे छ,हेर्नु पनि हुदैन  : केशब बहादुर थापा

    butwal neta.jpggathabandan.jpgरुपन्देही २ प्रतिनिधि सभाका उम्मेदवार केशब बहादुर थापाले एमालेलाई सुर्य ग्रहण लागेकाे बताए ।मंसीर ४ मा सुर्य ग्रहण लाग्छ त्यस ग्रहणलाई हेर्नु पनि हुदैन सुर्यमा भाेट हाल्न पनि हुदैन आफ्नाे भविष्यमाथी ग्रहण नलगाउन आग्रह गर्दै  गठबन्धनकाे जितले देश र जनताकाे भाग्य र भबिष्यमा परिवर्तन आउने बताए ।

    समाजबादी नेता राजु गृुरुङले एमालेको झुटको खेती सकिएको भन्दै एमाले उम्मेदबारलाइ हराउन आग्रह गरे ।

    bamdev.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology