बुटवल,कात्तिक ३० ।
रुपन्देहीको निर्वाचन क्षेत्र न ५ मा टिकट वितरणमा भएको गुटबन्दीको प्रभाव निर्वाचनको मुखैमा आउँदा सम्मपनि देखिएको छ । एमाले उपाध्यक्ष विष्णु पौडेल मार्फत रुपन्देही क्षेत्र न ५ को टिकट पाएका वासुदेव घिमिरेलाई रोक्न महासचिवशंकर पोखरेलमार्फत टिकट ल्याएका एमाले पोलिटब्यूरो सदस्य खिमलाल भट्टराई उम्मेद्वार बन्न नपाएपछि एमालेभित्र असन्तुष्टीको लहर निर्वाचनसम्मै देखिएको हो ।
राष्ट्रियसभामा एमालेका प्रमुख सचेतक रहेका भट्टराईले चुनावकालागिबर्षौदेखि लुम्बिनी क्षेत्रमा गरेको कसरत उम्मेद्वारी नै खोसिएपछि असन्तुष्ट बनेका थिए । असोज २३ गते मनोनयनमा उत्साहका साथपुगेका भट्टराई पार्टीभित्रपौडेल र पोखरेलको लडाईँका कारण आफुले तयार पारेको आधारभूमि मै ओझेलमा परेका हुन । ०७४ सालमा समेत भट्टराई नेकपामाओवादी केन्द्रसँगचुनावीतालमेलका कारण टिकट पाउनबाट बञ्चित हुनुपरेको थियो । पटक पटकधोका पाएपछि भट्टराई घिमिरेको चुनावी प्रचारमा औपचारिकताका लागि मात्रै खटिएका छन् ।
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सेनालाई समेत लुम्बिनीमा ल्याएर समुदाय र त्यस क्षेत्रको विकासकालागि भट्टराईले विभिन्नअभियान सञ्चालनगर्दै आएकाथिए । नयाँअनुहार त्यो पनि टुरिष्ट उम्मेद्वार रुपन्देही क्षेत्र न। ५ मा आएपछि त्यहाँका एमाले कार्यकर्ताले समेत प्रचारमा रुची देखाएनन । ‘भट्टराई जीले लुम्बिनीमाकामगर्नुभएको थियो, हामीउहाँकालागि जे पनिगर्न तयार थियौं, घिमिरे जी नयाँ मान्छे भएकाले उत्साह नै छैन’लुम्बिनीका एक एमाले कार्यकर्ताले भने ।
एमालेको प्रदेश सदस्य घिमिरेले टिकट पाउँदा केन्द्रीय राजनीतिमाप्रभाव राख्ने भट्टराईले प्रतिनिधिसभामा टिकट नपाएपछि एमालेको स्थानीय नेतृत्वपनिभित्रभित्रै रुष्ट बनेको श्रोतको बताउँछ । उपाध्यक्षपौडेलले घिमिरेसँग गरेको वाचा पूरा गर्न निर्वाचन क्षेत्र न ५ मा टिकट दिलाएपनिआन्तरीक रुपमा गुटबन्दीले घिमिरेलाई अहिले असहयोग भैरहेको छ । भट्टराईको मनोनयनमाउत्साहका साथपुगेका लुम्बिनीप्रदेशसभाको क तर्फका उम्मेद्वार भूमिश्वर ढकाल समेत घिमिरेको उम्मेद्वारी कायम भएपछि असन्तुष्ट छन ।
ढकाल आफै प्रतिनिधिसभाकालागि इच्छुक र दावेदार रहेकोमाउनले भट्टराईका लागि संघ छाडेर पुनःप्रदेशमा दोहोरिएकाहुन । आफूभन्दाजुनियर कमिटिमा रहेको नेतालाई प्रतिनिधिसभामा स्वीकार गर्नु परेको भन्दै ढकाल पनि रुष्ट छन् । ढकाल तिनै व्यक्तिहुन्जसले लुम्बिनीप्रदेशको राजधानी बुटवलबाट दाङ तोक्नमा निर्णायकभूमिका खेलेका थिए ।
एमाले महासचिवशंकर पोखरेलकादाहिने हातमानिने ढकालले उपाध्यक्ष विष्णु पौडेललाई बाइपास गरेर कामगर्ने गरेको आरोप लाग्दै आएको छ । प्रचार प्रसारमा सँगसँगै रहेपनिएमाले उम्मेद्वार घिमिरेका लागि भट्टराई र ढकालको औपचारिक सहयोग मात्रै रहेको एमालेका एक नेताले बताए । पार्टीभित्रको आन्तरीक द्वन्द्वको चपेटाको शिकार घिमिरे हुने सम्भावना बढेको उनले बताए । त्यसो त ०७४ सालमाप्रदेशसभा सदस्यभइसकेका ढकालले गत स्थानीयतह निर्वाचनमा विष्णु पौडेल पक्षका मेयरका उम्मेद्वार चित्रबहादुर कार्कीलाई हराउन लागेको आरोप लाग्ने गरेको छ ।
यता घिमिरेले पार्टी कार्यकर्तालाई कन्भिन्स गर्न आफूले तिलोत्तमामा मेयर हुँदानमूनाकाम गरेको बताउने गरेका छन ।
त्यतिमात्रै होईन लुम्बिनी र गैडहवा क्षेत्रकामतदाता रिझाउनउनले मधेशकै पहिरन लगाएर चुनावी प्रचारमा होमिने गरेका छन । गाउँमाजाँदाखिमलाल भट्टराई मात्रै चिन्ने बताएपछि उनले भट्टराईको सहारा मागेका थिए ।
तर, भट्टराई भने विरामीभएको भन्दै लामो समय प्रचारमा खटिएनन् । एमालेभित्रको गुटगत राजनीतिका कारण यसअघि लगातार निर्वाचनजित्दै आएका नेपालीकाँग्रेसका नेता भरत कुमार शाहलाई यो निर्वाचनजित्नझनै सजिलो हुने देखिएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)