Logo मंगलवार, श्रावण १२ गते २०८३
images

जनताका समस्या समाधानका निम्ति प्रतिबद्ध छु : धनेन्द्र कार्की 

जनताका समस्या समाधानका निम्ति प्रतिबद्ध छु : धनेन्द्र कार्की 

  • 1.8K
    SHARES

  • जनताका समस्या समाधानका निम्ति  प्रतिबद्ध छु : धनेन्द्र कार्की 

    गुल्मी ,कार्तिक ३० ।
    नेपाली कांग्रेसका नेता धनेन्द्र कार्किले आफुले हुनै नसक्ने सपना नबाड्ने बताएका छन । आज रुरुक्षेत्र गाउँपालिकाको मुसिडाडामा आयोजित एक कार्यक्रमलाई संबोधन गर्दै कार्किले मत दिईहाल्छन कि भन्दै नहुने सपना नबाड्न समेत आग्रह गरे । 

    सधै नागरिकलाई दास सम्झनेहरुले अहिले पनि उहीँ पानीजहाज, पाईपबाट ग्यास, पहाडमा रेल भन्दै कुदिरहेका छन नेताले बोल्दैमा हुने होईन त्यस्का निम्ति राज्यको श्रोतसाधन र जनताको तत्कालको आवस्यक जे छ त्यसैलाई केन्द्रबिन्दुमा राखेर योजनाबद्ध बिकास गरिनुपर्छ गुल्मी क्षेत्र न १ प्रदेश ख का उम्मेदवार कार्किले भने । 

    कार्यक्रममा उपस्थितलाई संबोधन गर्दै उनले आफुले प्रदेश सांसदको रुपमा गएपछी यहाँका नागरिक र सरकारको बीचमा पुलको काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले यहाँको मुख्य समस्या बसाइँसराइ भएको भन्दै यहाँ गुणस्तरीय स्वास्थ्य र सर्वसुलभ शिक्षाको प्रवन्ध गरेर बसाइँसराइ रोकि गाउँमा रोजगारीको प्रवन्ध गर्नु मुख्य उद्देश्य रहेको प्रतिबद्धता व्यक्त गरे ।

    कार्यक्रममा नेपाली कांग्रेसका नेता डा। चन्द्र भण्डारी लगायत गठबन्धनका नेताकार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology