Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देहीमा समाजवादीको चुनावी अभियान तिव्र

रुपन्देहीमा समाजवादीको चुनावी अभियान तिव्र

  • 1.5K
    SHARES

  • रुपन्देहीमा समाजवादीको चुनावी अभियान तिव्र

    बुटवल, कार्तिक ३० ।

    नेकपा एकिकृत समाजवादीले पनि चुनावी प्रचार अभियानलाई तिव्र पारेको छ । रुपन्देहीमा प्रत्यक्षतर्फ उम्मेद्वार नभएपनि गठबन्धनका साझा उम्मेद्वारसँगै चुनावी प्रचार अभियानलाई तिव्र पारेको हो । 

    संविधान, गणतन्त्र, संघीयता र समावेशिता रक्षाका लागि गठबन्धनका उम्मेद्वार जिताउने अपिल सहित समानुपाकितमा कलम चुनाव चिन्हमा मतदानको आह्वान गर्दै चुनावी प्रचारलाई जारी राखिएको नेकपा एकिकृत समाजवादी रुपन्देहीका अध्यक्ष अविराम विश्वकर्माले बताए ।
     
    उनले आफुहरुको पक्षमा जनलहर बढ्दै गएको बताउँदै सामाुनपातिकमा पार्टीलाई भोट हाल्न अपिल गरे ।  मंसिर ४ गतेका लागि गठबन्धनमा आबद्ध दल नेकपा एकिकृत समाजवादीले रुपन्देहीबाट समानुपातिक तर्फ प्रतिनिधिसभामा १ सहित प्रदेशसभामा ६ जना उम्मेद्वार बनाएको छ ।
     
    प्रतिनिधिसभातर्फ कल्पना माण्डब्य, प्रदेशसभा तर्फ युवा नेतृ सरिता श्रीस, हिराध्वज शाह, भगवती घिमिरे, उमा काफ्ले, रामधारी यादव र सुमित्रा यादव उम्मेद्वार छन । प्रदेशसभा सदस्य तर्फ पहिलो नम्बरमा सिफारिश सरिता श्रीसले चुनावी अभियान ५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा सञ्चालन गरिएको बताईन ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology