अर्घाखाँची,कात्तिक २९ ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको साधारण सभा पुस २ गते कपिलवस्तुमा हुने भएको छ ।
अर्घाखाँचीको शितगंगा नगरपालिका ८ सातमारामा बसेको पत्रकार महासघको बैठकले महासघको केन्द्रिय परिपत्र अनुशार सधारण सभा कपिलवस्तु शााखाको आतिथ्यतामा गर्ने गरि मिति तोकिएको नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गिरीले बताउनुभयो ।
वैठकले सो मिति अगामी प्रदेश मातहतका साधारण सभा नगरेका शाखाहरुलाई अधिवेशन सम्पन्न गर्न आग्रह गर्ने निर्णय गरेको छ । वैठकपछि जारी महासघको विज्ञप्तिमा महासघका जिल्ला शाखाहरुलाई प्रदेश पार्षदहरुको विवरण उपलब्ध गराईदिन, सदस्यता नविकरणको विवरण एवं नयां सदस्यहरुको सिफारिस गर्न आग्रह गर्ने निर्णय गरेको छ ।
साधारण सभा सम्पन्न गर्नका लागि विभिन्न तयारी समितिहरु गठन गर्ने निर्णय गरेको छ । महासघका अध्यक्ष बसन्त गिरीको अध्यक्षतामा मुल तयारी समिति गठन गरिएको महासंघका महासचिव बिक्रम खड्काले जानकारी दिनुभयो । महासचिव बिक्रम खड्काको संयोजकत्वमा प्रचार प्रसार तथा सचिवालय समिति गठन भएको छ । कोषाध्यक्ष यमनाथ घिमिरेको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति गठन भएको छ ।
महासघले रुकुम पुर्वमा सदस्यता स्थानान्तरणका लागि आएका निवेदनहरु उपर छानविन गरि अनुमोदनका लागि केन्द्रिय समितिमा पढाउने निर्णय गरेको छ ।
त्यसैगरि मंसिर ४ पछि रुकुम पुर्वमा शाखा गठनका लागि तयारी अघि बढाउने निर्णय भएको छ । त्यसैगरि महासघको भालुवाङमा निमार्ण भैरहेको भवन तिव्र रुपमा अघि बढाउने निर्णय गरेको छ ।
साथै वैठकले कार्य समिति सदस्य टेक मास्की रानाको भर्खरै भएको निधनप्रति गहिरो दुख व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेको छ । उहांको उपचारमा सहयोग गर्ने सबैमा आभार प्रकट गरेको छ । वैठक अध्यक्ष बसन्त गिरीको अध्यक्षता र महासचिव बिक्रम खड्काको संचालनमा सम्पन्न भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)