Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

गुल्मीमा ७४ वर्षीय वृद्धाको हत्या,ढाेकामा चाबी घर भित्र शव फेला !

गुल्मीमा ७४ वर्षीय वृद्धाको हत्या,ढाेकामा चाबी घर भित्र शव फेला !

  • 831
    SHARES

  • गुल्मीमा ७४ वर्षीय वृद्धाको हत्या,ढाेकामा चाबी घर भित्र शव फेला !

    गुल्मी, कात्तिक २९ ।

    गुल्मीको इस्मा गाउँपालिकामा एक वृद्धा मृत अवस्थामा फेला पर्नु भएको छ । इस्मा गाउँपालिका ५ दरिङढुंगा निवासी ७४ वर्षीय जीवाकला थापा गए राती आफ्नै घरमा मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।मंगलबार बिहान घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी नायव उपरिक्षक रामेश्वर पौडेलको नेतृत्वमा प्रहरी टोली घटना स्थलमा पुगेको थियो ।

    घरमा एक्लै रहेकी बृद्धा ढोका बाहिरबाट चाँपि लगाएको अबस्थामा घरभित्रै मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतक वृद्धाको कान र नाकमा लगाएको गहना समेत नभएको हुँदा उहाँको कसैले हत्या गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

    वृद्धाको शवलाई आजै गुल्मी अस्पताल तम्घास ल्याई पोष्टमार्टम गरि उहाँका आफन्तहरुलाई जिम्मा लगाई सकिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक माधवराज खरेलले जानकारी दिनु भएको छ ।

    घटनाको प्रकृति हेर्दा थापाको मृत्यु स्वाभाविक नभई कसैले हत्या गरेको हुन सक्ने भन्दै घटनाको बारेमा थप अनुषन्धान भैहरेको खरेलले बताउनु भयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology