Logo बिहिवार, आश्विन १ गते २०८३
images

राप्रपा नेपाल पाल्पा अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार गैरे कांग्रेस प्रवेश

राप्रपा नेपाल पाल्पा अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार गैरे कांग्रेस प्रवेश

  • 1.7K
    SHARES

  • राप्रपा नेपाल पाल्पा अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार गैरे कांग्रेस प्रवेश

    पाल्पा, कात्तिक २९ ।

    राप्रपा नेपाल पाल्पाका अध्यक्ष तथा पाल्पा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । राप्रपा नेपाल पार्टीबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार खडानन्द गैरे सोमबार नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको हो ।

    कांग्रेसमा प्रवेश गरेपछि आफूले गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने गैरेले बताउनुभयो । कांग्रेसको आदर्शलाई मानेर मेरो समर्थन गठबन्धनका उम्मेदवार सोमप्रसाद पाण्डेयलाई रहनेछ गैरेले भन्नुभयो ।

    पार्टी प्रवेश गर्नुभएका गैरेलाई नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले सदस्यता प्रदान गर्नुभयो । कांग्रेसमा प्रवेश गर्नुभएका गैरेलाई उचित जिम्मेवारी दिइने श्रेष्ठले बताउनुभयो ।

    ‘राप्रपा सदाका लागि परित्याग गर्दै आजैको मितिदेखि मेरो उम्मेदवारी निष्क्रिय रहेको र काँग्रेससँगको सहकार्यमा आगामी निर्वाचनमा उम्मेदवार बनेका सत्ता गठबन्धन दलका उम्मेदवारलाई मेरो पूर्ण समर्थन र सहयोग रहने छ’ विज्ञप्तीमा भनिएको छ । rppp.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology