Logo बिहिवार, आश्विन १ गते २०८३
images

जसपाबाट वडाअध्यक्षका उम्मेदवारसहित ५ सयजना कांग्रेसमा प्रवेश

जसपाबाट वडाअध्यक्षका उम्मेदवारसहित ५ सयजना कांग्रेसमा प्रवेश

  • 2.5K
    SHARES

  • जसपाबाट वडाअध्यक्षका उम्मेदवारसहित ५ सयजना कांग्रेसमा प्रवेश

    भैरहवा,कार्तिक २८ ।

    गत स्थानीय तह निर्वाचनमा जनता समाजवादी पार्टीका तर्फबाट ओमसतिया गाउँपालिका वडा नम्बर २ मा अध्यक्षको उम्मेदवार रहनुभएका रबी साहनी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।

    आज पडसरीमा आयोजित कार्यक्रममा साहनीसहित पाँच सय बढी कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरूलाई गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले पार्टी सदस्यता प्रदान गर्नुभयो ।

    पार्टी प्रवेश गरेपछि साहनीले आफूलाई कांग्रेसको नीति, सिद्धान्त र जोजना मन परेर पार्टी प्रवेश गरेको र क्रियाशील भएर लाग्ने बताउनुभयो ।

    रुपन्देही क्षेत्र नम्बर ३ मा पाँच दलीय गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहनुभएका खाणले साहनीलाई पार्टीले उचित जिम्मेबारी दिने बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology