Logo बिहिवार, आश्विन १ गते २०८३
images

पार्टीविरोधी गतिविधिमा संलग्न थप ५ जना कांग्रेसबाट निष्काशन

पार्टीविरोधी गतिविधिमा संलग्न थप ५ जना कांग्रेसबाट निष्काशन

  • 1.2K
    SHARES

  • पार्टीविरोधी गतिविधिमा संलग्न थप ५ जना कांग्रेसबाट निष्काशन

    काठमाडौं,कात्तिक २७ ।

    नेपाली कांग्रेसले पार्टीविरोधी गतिविधिमा संलग्न थप ५ जनालाई निष्काशनको घोषणा गरेको छ ।

    आनन्दप्रसाद ढुंगाना संयोजक रहेको अनुशासन समितिले महासमिति सदस्य मंगलबहादुर शाही, महाधिवेशन प्रतिनिधिद्वय धर्मेन्द्रप्रसाद यादव  र रविन्द्रप्रसाद यादव तथा क्रियाशील सदस्य  वीरेन्द्रप्रसाद यादवलाई निष्काशन गरेको हो ।

    यस्तै बारा जिल्ला समिति सदस्य  रामएकवाल प्रसाद यादवलाई पनि निष्काशन गरिएको संयोजक ढुंगानाले जानकारी दिए ।आगामी मंसिर ४ गते हुने निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवार विरुद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएकालाई कांग्रेसले ५ वर्षका लागि साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्दै आएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology