Logo बिहिवार, आश्विन १ गते २०८३
images

मधुमेह जनचेतनाकालागि लायन्स मणि उजेशको नुवाकोट पदयात्रा 

मधुमेह जनचेतनाकालागि लायन्स मणि उजेशको नुवाकोट पदयात्रा 

  • 2.0K
    SHARES

  • मधुमेह जनचेतनाकालागि लायन्स मणि उजेशको नुवाकोट पदयात्रा 

    बुटवल,कार्तिक २६ ।

    पाल्पाको तिनाउ गाउँपालिका नुवाकोटमा रहेको नुवाकोट गढिमा देवदह मेडिकल कलेजका विद्यार्थीको सहयोगमा शनिबार सरसफाई गरिएको छ । लायन्स क्लव अफ बुटवल मणि उजेशको आयोजनामा भएको हाईकिङ्ग तथा मधुमेह घटाउन पदयात्रा गरौ अभियान अन्तरगत त्यहा पुगेका मेडिकल साईन्सका विद्यार्थीहरुले सरसफाई गरेका हुन् ।

    नुवाकोट गढी परिषरमा भएका प्लाष्टिक र प्लाष्टिक जन्य पदार्थहरु निकालेर सरसफाई गरिएको मणि उजेशका अध्यक्ष डाक्टर शान्ता शर्माले जानकारी दिनुभयो ।

    बिश्व मधुमेह दिवसको अवसर पारेर मणि उजेशले मघुमेह घटाउन पदयात्रा गरौ अभियानका क्रममा नुवाकोट पुगेको विद्यार्थी सहितको टोलीले नुवाकोट बढीमा खाजा तथा पानी पिएका प्लाष्टिक जन्य थुप्रै बस्तुहरुदेखेपछि विद्यार्थीहरुले सो क्षेत्रको सरसफाई गरेको अध्यक्ष शर्माले बताउनुभयो । मणि उजेशको अगुवाईमा रोट¥याक्ट क्लव अफ देवदह मेडिकल कलेजमा आवद्ध विद्यार्थीहरुले गढीको सरसफाई गरेको उहाँको भनाई छ ।

    बिश्व मधुमेह दिवसको अवसर पारेर मघुमेह घटाउन पदयात्रा गरौ अभियान कार्यक्रममा मणि उजेशका उपाध्यक्षद्वय रितु गुरुङ्ग, सृजना श्रेष्ठ, क्लवका इन्भारमेन्ट डाईरेक्टर शैलजा श्रेष्ठ, डायविटीज डाईरेक्टर सुपर्ना वरुवाल, रोट¥याक्ट क्लव अफ देवदह मेडिकल कलेजका अध्यक्ष आविश्कार पराजुली लगायतले शरिरलाई स्वस्थ राख्नका लागि खानपान र ब्यायाममा ध्यान दिएझै वातावरणीय स्वच्छतामा उत्तिकै ध्यान दिन जरुरी भएकाले वनजंगल तथा एतिहासिक सम्पदाहरुमा रहेका फोहर बस्तुलाई नष्ट गरिएको बताउनुभयो ।

    अभियानमा क्लवमा पदाधिकारी तथा सदस्यसहित मेडिकल कलेजका झण्डै ५० विद्यार्थीको सहभागिता रहेको मणि उजेशका सचिव पुष्पा कण्डेलले जानकारी दिनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology