बुटवल,कार्तिक २६ ।
ईन्स्योरेन्स ईन्स्टिच्युट नेपाल लिमिटेड,नेपाल ईन्स्योरेन्स प्रोफेसनल सोसाइटी निप्स लुम्बिनी प्रदेश र निप्स लुम्बिनी च्याप्टरको संयुक्त आयोजनामा बुटवलमा दुई दिने म्यानेजर तालिम सम्पन्न भएको छ ।
नेपाल बिमा प्राधिकरणका निर्देशक शुशिलदेव सुवेदीको प्रमुख आतिथ्यतामा तालिम संचालन भएको हो । लुम्बिनी प्रदेशका बिभिन्न ईन्स्योरेन्समा कार्यरत प्रदेश प्रमुख,क्षेत्रीय प्रमुख तथा शाखा प्रमुख गरि ७६ जना म्यानेजर सहभागि तालिममा बीमाको इतिहासदेखि बर्तमान र भावी रणनीतिका बारेमा सहजीकरण गरिएको हो ।
बिमाकर्मीलाई अपडेट बनाउँदै क्षमता अभिबृद्धि,शुसासन,जाेखिम ब्यबस्थापन,ब्यस्थापकीय सीपका लागि तालिम चलाइएको निप्स लुम्बिनी प्रदेश अध्यक्ष बिश्वदीप नेपालले बताए । निर्देशक शुशिलदेव सुवेदीले बीमालाइ सबैको आवश्यकता र भविश्य सुनिश्चितताका लागि अनिबार्य गर्नुपर्ने बताए । उनले समाजलाइ बीमाका बारेमा अझैपनि बुझाउन जरुरी रहेको बताए । उनले बीमा सबैका लागि लाभदायक रहेको भन्दै हरेक कुराहरु आफै सिक्ने प्रयास गर्नुपर्नेमा जाेड दिए ।
सो अबसरमा संयोजक तथा ईन्स्योरेन्स ईन्स्टिच्युट नेपाल लिमिटेडका गणेश शर्मा,रिस्क एनालिष्ट उदयराज अधिकारी,लुम्बिनी बाणिज्य क्याम्पसका एशाेसिएट प्राेफेसर राजेन्द्र लम्साल,कृष्णबन्धु अर्याल लगायतले बोलेका थिए । सो अबसरमा सहभागि सबैलाई प्रमाणपत्र बितरण गरिएको छ ।
कार्यक्रममा स्वागत कार्यक्रम संयोजक बिक्रम कडेल र संचालन निप्स लुम्बिनी च्याप्टर महासचिव राेहीणी श्रेष्ठले गरेकी थिइन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)