Logo मंगलवार, श्रावण १२ गते २०८३
images

मतदाता रिझाउँदै रुपन्देही २ का बाम लोकतान्त्रीक गठबन्धनका उम्मेद्वारको घरदैलो

मतदाता रिझाउँदै रुपन्देही २ का बाम लोकतान्त्रीक गठबन्धनका उम्मेद्वारको घरदैलो

  • 1.7K
    SHARES

  • मतदाता रिझाउँदै रुपन्देही २ का बाम लोकतान्त्रीक गठबन्धनका उम्मेद्वारको घरदैलो

    बुटवल,कार्तिक २६  ।

    बाम लोकतान्त्रीक गठबन्धन रुपन्देही २ का उम्मेद्वारहरुले शुक्रबार पनि घरदैलो कार्यक्रमहरुलाई निरन्तरता दिएका छन् ।  गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार राष्ट्रिय जनमुक्ति पार्टिका कार्यकारी अध्यक्ष केशब बहादुर थापा(सुर्यवंशी), प्रदेशसभा सदस्य पदका उम्मेद्वार २(१) का दीर्घबहादुर केसी(कुमार) र २(२)का बामदेब क्षेत्रीले संयुक्त घरदैलो गरेका हुन् । 

    तिलोत्तमा १ को शंकरनर, बनबाटिका, दुर्गामन्दिर, ड्राईभरटोल, शिवचोक लगायत बिभिन्न स्थानमा गरिएको घरदैलोमा प्रतिनिधि सभा सदस्य उम्मेद्वार थापा, प्रदेशसभा सदस्य २(१) का उम्मेद्वार कांग्रेस नेता केसीले संयुक्त रुपमा घरदैलो गरेका हुन् । 
    कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य उम्मेद्वार थापाले रुपन्देही २ ले परिवर्तन खोजेको बताउँदै संविधान बचाउँदै तिलोत्तमा क्षेत्रको बिकासको लागि गठबन्धनका उम्मेद्वारलाई बिजयी बनाउन आग्रह गरे ।

    nc 92.jpg

    प्रदेशसभा २(१)का उम्मेद्वार केसीले कांग्रेस नेतृत्वको गठबन्धनले संविधानको रक्षाको साथै समग्र देशकै बिकासका कामहरु गर्ने बताउँदै सो क्षेत्रमा रहेका समस्या समाधानमा आफुले नियमित काम गर्ने बताए ।

    यस्तै बुटवल १३ बेलबास, झोलुङ्गे पुल क्षेत्रमा गरिएको घरदैलोमा प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार थापा सहित प्रदेशसभा सदस्य २(२)का उम्मेद्वार माओबादी केन्द्रका नेता क्षेत्रीले संयुक्त घरदैलो गरेका हुन् । घरदैलोमा बोल्दै उम्मेद्वार क्षेत्रीले गठबन्धनका उम्मेद्वारलाई बिजयी बनाउन आग्रह गरे ।

    nc 92.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology