Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देहीका अधिकांश स्थानमा पुल बनाएर गाउँबस्ती र शहर सहजै जाेडेका बालकृष्ण

रुपन्देहीका अधिकांश स्थानमा पुल बनाएर गाउँबस्ती र शहर सहजै जाेडेका बालकृष्ण

  • 8.4K
    SHARES

  • रुपन्देहीका अधिकांश स्थानमा पुल बनाएर गाउँबस्ती र शहर सहजै जाेडेका बालकृष्ण

    बुटवल, कार्तिक २५ ।

    रुपन्देहीको अमुवा र तिलोत्तमा जोड्न तिनाउमा पुल थिएन । सर्वसाधारण हिउँद र वर्षामा जोखिम मोलेर नदी तर्थे । तिलोत्तमा– १४ स्थित पुल नजिकैं पसल सञ्चालन गरिरहेकी लक्ष्मीदेवी रावल ती दिन सम्झिँदा कहाली लाग्ने गरेको सुनाउँछिन् ।

    सियारी गाउँपालिकास्थित अमुवामा स्थायी बसोबास रहेकी रावलका अनुसार पुल नहुँदा सर्वसाधरण खोलामा ज्यान जोखिममा हालेर वारपार गर्थे । ‘वर्षाका बेला घाँटी–घाँटी पानीमा स्थानीय व्यक्तिले तारिदिन्थे,’ शुक्रबार पसलमा बसिरहेकी ७३ वर्षीया रावलले भनिन्, ‘जिउँदैं घर पुगिन्छ कि नाई पत्तो हुन्थेन ।’ यसरी जोखिम मोल्न परेपछि स्थानीय अत्तालिएको उनले बताइन् ।

    ‘सबै स्थानीय मिलेर पुल बनाउन दबाब दियौं,’ उनले भनिन्, ‘त्यतिबेला तिलोत्तमा पुगेर बालकृष्ण खाँणलाई भेटेका थियौं ।’ अहिले पुल बनेपछि यहाँका बासिन्दालाई स्वर्ग जस्तै भएको उनले बताइन् । ‘अहिले त धेरै सुख भयो,’ उनले भनिन्, ‘हाम्रो जीवन नै फेरिएको छ । खाँणजीको पहलले हामीलाई सुख भएको छ ।’ पसल नजिकै रहेको तिनाउ पुलको पूर्वतर्फ मुखैमा अहिले शिला राखिएको छ । उक्त शिलामा पुलको उद्घाटन गृहमन्त्री बालकृष्ण खाँणले गरेको उल्लेख छ ।

    शुक्रबारै जिल्लाको मोतिपुरमा भेटिएका टुमाकान्त अर्याल पहाडबाट २०३७ सालमा मोतिपुर झरेका हुन् । उनी आउँदा तिनाउमाथि नगन्यमात्रामा पुल थिए । ‘कित बुटवल पुगेर वारपार गर्नुपथ्र्यो, कित बेथरी पुग्नु पथ्र्यो’, उनले भने, ‘अहिले पुलैपुल बनेका छन्, जनताको दैनिकी मात्रै सहज भएको छैन, वारिपारीका नागरिकको मनसमेत जोडिएको छ ।’ उनका अनुसार वर्खामा तिनाउको भेल तर्नै समस्या थियो । स्थानीयको माग अनुसार काँग्रेस नेता एवं हालका गृहमन्त्री बालकृष्ण खाँणले पुल बनाउन पहल गरे । खाँणकै पहलमा अहिले बुटवल मगरघाटबाट रानीगंज जोड्ने पुल बनेको छ ।

    ‘हाम्रा जमिन महंगिए, बस्ती विकास भयो, रोजगारीका लागि आउजाउमा सहज भयो’, उनले भने, ‘सबैभन्दा ठूलो कुरा दुःख हट्यो, समय बच्यो । वारिपारिका नागरिकले एकअर्कालाई सहजै र नजिकै भेट्न पाए ।’ उनका अनुसार त्यसबेला बुटवलका आफन्तलाई भेट्न पनि घण्टौं समय लागेर जानु पथ्र्यो ।

    ‘अहिले हाम्रा दुःखका दिन गए, पुल निर्माणमा पहल गर्ने सबै धन्यवादका पात्र हुनुहुन्छ । खासगरी खाँणजीलाई हामीले कहिल्यै विर्सिंदैनौं ।’ उनले नदी वारिपारीको वस्तीसँगै मन जोड्न खाँणले विशेष पहल गरेको बताए ।

    binod pahadi.jpg

    जिल्लामा निर्वाचनको माहोल तातिरहेका बेला उम्मेदवार जनमत पक्षमा पार्न अन्तिम कसरतमा छन् । उम्मेदवार मात्र होइन, नेता, कार्यकर्ता र सर्वसाधरण चुनावी माहोलमा एकीकृत बनेका छन् ।

    यस्तो बेला रुपन्देहीका केही उम्मेदवार सरकारी लगानीमा निर्माण भएका आयोजना आफ्नो जायजेथा विक्री गरेर निर्माण गरेको जस्तै गरि प्रचारमा छन् । समर्थकले ‘जनताको आँखामा धुलो’ पार्नेगरि सामाजिक सञ्जाल रंगिन तुल्याएका छन् ।binod pahadi.jpg

    पाँच दलीय सत्ता गठबन्धनबाट रुपन्देही–३, मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा गृहमन्त्री खाँण यस्तो प्रचारलाई ‘झुठ’को संज्ञा दिन्छन् । रुपन्देहीमा निर्माण भएका र आगामी दिनमा तयार हुने सबै आयोजनामा जनताको रगत पसिनाबाट संकलन भएको कर खर्च भएको उनको भनाई छ । ‘जनताले नपचाउने गरेर गलत प्रचार नगरेको भए हुने,’ उनले भने, ‘रुपन्देहीको बिकास निर्माणको जग बसाउँदा उहाँहरुको भूमिका केही देखिएन, अहिले झुट्टा प्रचार गरेर आत्मरति पूरा गर्न खोजेको देखिन्छ ।’

    खाँणकै पलहमा तिनाउ र दानव नदीमा १० वटा पुल निमार्ण,सातवटा पुल निमार्णधिन अवस्थामा :

    कुनै पनि आयोजनाको निर्माण जनताको पसिनाबाट हुने भएकाले नेताले बिकास गरेको, लगानी गरेको भनेर नागरिकप्रति अपमान नगर्न उनले आग्रह गरे । ‘कसको पाला, कसको पहलमा बिकास आयोजना आयो भन्ने मात्र हो,’ उनले भने, ‘मैले २०४८ सालमा पहिलो पटक चुनाव जिते ।

    त्यतिबेला तिनाउ नदी अन्तर्गत पाखापानीमा एउटा र दक्षिण भैरवा–लुम्बिनी खण्ड अन्तर्गत बेथरीमा एउटागरि दुईवटा पुुल मात्र थिए ।’ जिल्लाका पश्चिमी क्षेत्रका बासिन्दालाई सदरमुकाम भैरहवा र बुटवल आउजाउमा कठिनाई देखिपछि पुल निर्माणका लागि आफूले पहल गरेको उनले बताए । ‘अहिले बुटवलदेखि दक्षिण बुटवल–लुम्बिनी खण्डसम्म १० वटा पुल निर्माण भएका छन्,’ उनले भने, ‘ती पुलको शिलान्यास र उद्घाटन मैले गरेको छु, गएर हेर्न सक्नुहुन्छ शिलामा प्रमाण देखिन्छ । पुलका योजना ल्याउन मेरो योगदान हुन्थेन भने शिलान्यास र उद्घाटनमा मलाई किन डाक्थे ।’

    लामो पहलमा आयोजना आएकाले कर्मचारीले शिलान्यास र उद्घाटनमा आफूलाई बोलाइएको उनको भनाई थियो । उनका अनुसार अहिले जिल्लाको पश्चिम हुँदैं बग्ने दानव नदीमा १२ वटा पक्कि पुल बनेका छन् ।

    ०५१ सालमा चुनाव प्रचारमा आएका बेला जिल्लाको पश्चिमी क्षेत्रका बासिन्दाले तिनाउ र दानव नदीको कटानबाट बिस्थापित हुनुपर्ने गुनासो गरेका थिए । ‘म यहाँ आएका बेला कटान र डुवानको डरले रातभरि निदाउन सक्दिन भन्नु भो,’ उनले भने, ‘त्यसबेला जिल्लाका खोलामा तटबन्धनको माग गरिएको थियो ।’ आफू सिंचाई मन्त्री भएका बेला तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाललाई मनाएर जनताको तटबन्ध कार्यक्रम लागू गरिएको उनले बताए ।

    ‘जिल्लामै जनताको तटबन्ध आयोजनाको कार्यालय खोलेर कटान रोक्ने काम गर्यौं,’ उनले भने, ‘अहिले यहाँका बासिन्दा ढुक्कले निदाउन सक्नुभएको छ ।’ खाँणकै पलहमा अहिले तिनाउ र दानव नदीमा १० वटा पुल निमार्ण भैसकेका छन् । अन्य सातवटा पुल निमार्णधिन अवस्थामा छन् । उनकै पहलमा मणिग्राम–फर्र्साटिक, टिकुुलिगढ –अमुुवा, जोगिकुुटी मगरघाट देखि राानिगन्ज मोतिपुुर जोड्न तिनाउ नदीमा पुुल निमार्ण भएका छन् ।

    त्यस्तै बेलबास–पथरगंज मोतिपुर, तामनगर–सेमलार, कर्साघाट–सेमलार, कचकचाघाट–छपिया, छपिया–कालिकाडिह, नयाँगाउँ–बेलवरिया जोड्न दानव नदीमा बनेका पुुल पनि उनैका पहलमा बनेका हुुन् । उनकै पहलमा योजना परेका भलवारी –पश्चिमपहुनी –वेताहानी–फर्साटिकर, डाईभर टोलदेखि डिङगरनगर हुँदै मोतिपुर, लखनचोक–भैसाखादर (सियारी), ढवाह–चम्किपुर, कोल्हुवा–सिसै, नौडिहवा–वेलवा–सूर्यपुरा –मानमटेरिया जोड्ने पुलहरु अहिले निमार्णको क्रममा रहेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology