बुटवल,कार्तिक २४ ।
डेङ्गी नियन्त्रण तथा रोकथाम अभियानलाई सहयोग पुर्याउने उद्धेश्यका साथ नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द उपशाखा, रुपन्देहीले खुल्ला रक्तदान कार्यक्रममा आयोजना गर्ने भएको छ ।
बिगतमा पनि नियमित,आकस्मिक र खुल्ला रक्तदान कार्यक्रम,राहत बितरणका कार्यक्राम, जनचेतनामूलक कार्यक्रम तथा विभिन्न सामाजिक कार्यहरुमा अग्रसर हुँदै आएको छ ।
उपशाखाले यो खुल्ला रक्तदान कार्यक्रम भोलि २५ गते शुक्रबारको दिन बिहान ०८ बजे देखि बुटवल उपमहानगर पालिका वडा २को कार्यालयको प्राङगणमा हुन गहिरहेको उपशाखाका अध्यक्ष र कार्यक्रमका संयोजक सुवा बहादुर नेपालीले जानकारी दिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)