८, नोभेम्बर यूएई
विभिन्न तरिकाबाट, अनाथ एबं शारीरिक अपंगता भएका बालबालिकाहरूको सहयोगका लागि युएईमा सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
देशका विभिन्न क्षेत्रमा, अभिभावक गुमाएर अलपत्र अबस्थामा रहेका तथा अभिभावक बिहिन अनाथ एबं असाहय र अपांग बालबालिकाको राहात् का निम्ति नोभेम्बर १३ तारिक कार्यक्रम आयोजना गरिएको हो ।
सोे अबशरमा नेपालबाट पछिल्लो समय चर्चामा रहेका कलाकारहरूले प्रस्तुति दिनेछन् । कार्यक्रममा लोक गायक भागिरथ चलाउने, गायिका सुनिता बुढाक्षेत्रि, गायक तिलक बस्नेत, गायक नेत्र अर्याल लगायत युएईमा रहेका स्थानीय कलाकारहरूको प्रस्तुति रहने सो कार्यक्रम व्यवस्थापन गरिरहेका हरि डांगिले बताए ।
परदेशमा, रहेपनि सामाजिक मनोभावनालाइ प्रेरित गर्दै मानवीय कार्यमा सहयोगका निम्ति कार्यक्रम राखिएको उनले बताए । सो कार्यक्रममा संकलित आर्थिक रकम नेपालका विभिन्न क्षेत्रमा कस्टकर जिबनमा रहेका बालबालिकाको उद्दारमा सहयोग हुने उनको भनाइ छ ।
दुबई स्थित बरदुबइको होटल अस्टोरिया याक एण्ड यति एभरेस्ट क्लबमा हुने कार्यक्रमको अल रिद्दि इभेन्टले ब्यबस्थापन गरेको छ
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)