बुटवल,कात्तिक २२ ।
प्राविधिक शिक्षालाई उद्यमशीलता, स्वरोजगार, उत्पादन, सृजनशिलता र आत्मनिर्भरतासंग प्रत्यक्ष जोडनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
अक्सबृज ईन्टरनेशनल एकेडमी बुटवलले संचालन गरेको ल्याब, सिभिल र कृषिका बिद्यार्थीलाई स्वागत अभिमुखिकरण तथा अभिभावक भेला कार्यक्रममा उत्पादन र उत्पादनलाई बजारसंग जोड्न र बजारलाई समृद्धिसंग जोड्न सके मुलुकमा आर्थिक समृद्धिका लागि टेवा पुग्ने बताईएको हो ।
सिटिईभिटी लुम्बिनी प्रदेश कार्यालय प्रमुख गोपाल प्रसाद आचार्यले प्राविधिक शिक्षालाई रोजगारी भन्दा पनि स्वरोजगार बन्नका लागि सहज हुने धारणा राख्नु भयो ।उहाँले कृषि स्वास्थ्य र ईन्जिनिएरिङ जस्ता प्राविधिक विषयमा अध्ययन गर्नेहरुले मुलुकमा सफल उद्योगी र सफल कृषिफर्मको माध्यमवाट निर्यात मुलक वस्तु उत्पादन गरि सोको विक्रीवाट भएको आम्दानीले मुलुकको आर्थिक विकासमा टेवा पुग्ने धारणा राख्नुभयो ।
एकेडमीका उपाध्यक्ष गोविन्द खनालले प्राविधिक शिक्षा उद्यमशीलता, स्वरोजगार, उत्पादन,सृजनशिलता र आत्मनिर्भरतासंग प्रत्यक्ष जोडिएको विषय भएकाले राज्यले यस्ता विषय अध्यापन गराउने संस्थाहरुलाई प्रोत्साहन गर्न जरुरी रहेको बताउनु भयो ।
आत्मनिर्भर राष्ट्रले राष्ट्रिय स्वाभिमान, स्वाधीनता र सार्वभौमिकताको सबल रुपमा संरक्षण गर्नका लागि पनि प्राविधिक जनशक्ति आवश्यक रहन्छ ।
सवै खाले प्राबिधिक शिक्षा बैज्ञानिक, गुणस्तरीय, सर्वसुलभ र सबैको सरल पहुँचको बनाउन सरकारले विशेष नीति अबलम्बन गर्न आवश्यक रहेको औल्याउनु भयो ।संस्थाका प्रबन्ध निर्देशक डीपी खनालले रुपन्देही जिल्लामा नमूना र अवल ल्याव टेक्निकल अध्यापन गराउने संस्थाका रुपमा स्थापित गराउनु बताउनु भयो ।
संस्थामा भर्ना भएका विद्याथीका अभिभावक नर प्रसाद श्रेष्ठले शिक्षक अभिभावक र विद्यार्थीको सम्युक्त प्रयासवाट प्रतिफल राम्रो हुने भएकाले सोही अनुसार कर्तव्य पालन गर्नु पर्ने धारणा राख्नु भयो ।
साे अबसरमा प्रशिक्षक सागर भुसाल,केशव महत,पत्रकार हरिष ढकाल लगायतले बाेलेका थिए । अक्सबृज ईन्टरनेशनल एकेडमीमा ल्यावतर्फ ३० जना सिभिल ईन्जिनिएरमा र कृषिमा समान ४० जना गरि कुल १ सय १० जना विद्यार्थीले प्राबिधिक शिक्षा अध्ययन गर्नका लागि भर्ना हुन पाउने छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)