बुटवल,कार्तिक २२ ।
बुटवल १२ मा रहेको नयाँगाऊँमाध्यमिक बिद्यालयमा ४ दिने योग शिबिर शुरु भएको छ । कक्षा ११ र १२ मा अध्ययनरत २ सय जना बिद्यार्थी सहभागि रहेको शिबिर २५ गतेसम्म संचालन हुने बिद्यालयले जनाएको छ ।
बिद्यार्थीको जीवनलाइ स्वस्थ राख्न र चौतर्फी बिकासका लागि बिहानको समयमा दैनिक ३ घण्टा योग शिबिर संचालन गरिएको बिद्यालयका प्रधानाध्यापक पुरुषोेत्तम भट्टराईले बताउनुभयो ।
उहांले योगले बिद्यार्थीलाइ सकारात्मक उर्जा दिने बताउनुभयो । सो शिबिरमा पतञ्जलीका योग गुरुहरु हरिशरण पाण्डे,कृष्ण प्रसाद पौडेल र सीता लम्साल अर्यालले प्रशिक्षण दिदै योगलाइ जीवनउपयोगी बनाउनुपर्ने धारणा राख्नुभयो । शिबिरको उद्घाटन गर्दै बुटवल १२ का वडाध्यक्ष डिल्लीप्रसाद शर्मा आचार्यले योगलाइ दैनिक जीवनसंग जोड्नुपर्ने बताउनुभयो ।
सो अबसरमा बिद्यालयका अध्यक्ष पुरुषोत्तम बस्याल,प्लस टु संयोजक सुर्य बहादुर राना, कार्यक्रम संयोजक बिष्णु प्रसाद काफ्ले ,बिद्यालयका सल्लाहकार तथा पत्रकार कपिल ज्ञवाली,शिक्षक रामप्रसाद बञ्जाडे लगायतले बोल्नुभएको थियो ।




नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)