Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

गुल्मीको गङ्गा प्राविका विद्यार्थीलाई पोशाक तथा टिफिन बक्स

गुल्मीको गङ्गा प्राविका विद्यार्थीलाई पोशाक तथा टिफिन बक्स

  • 819
    SHARES

  • गुल्मीको गङ्गा प्राविका विद्यार्थीलाई पोशाक तथा टिफिन बक्स

    कौरव खत्री /गुल्मी,कार्तिक २२ ।

    गुल्मीको गङ्गा प्राथमिक विद्यालय मुसिकोट नगरपालिका २ रातचौर गुल्मीमा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक तथा खाजा खाने टिफिन बक्स वितरण गरिएको छ । यसै क्षेत्रका  विभिन्न व्यक्तिहरूकोआर्थिक  सहयोगले विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई पोशाक र टिफिन बक्स वितरण गरिएको हो ।

    साथै पोशाक र टिफिन बक्स झरुवा बाल बिकास केन्द्र सहित गङगा प्राथमिक विद्यालयमा अध्ययनरत कक्षा ५ सम्मका विद्यार्थीहरूका लागि विद्यालय पोशाक र खाजा खाने टिफिन बक्स वितरण गरिएको हो ।

    त्यस्तै पोशाकको लागि मुसिकोट नगरपालिका  वडा न २ मुसिकोट रातचौर गुल्मी निवासी हाल रोजगारीको शिलशिलामा बेलायतको लण्डनका कार्यरत रहदै आउनु भएका समाजसेवी यम बहादुर खत्रीले नगद रू।२५ हजार,मुसिकोट नगरपालिका  वडा न२ मुसिकोट ताल्तुङ  गुल्मी निवासी हाल रोजगारीको शिलशिलामा बेलायतको लण्डनका कार्यरत रहदै आउनु भएका समाजसेवी कर्ण बहादुर कार्कीले नगद रू २० हजार,मुसिकोट नगरपालिका  वडा न २ मुसिकोट बगैंचा  गुल्मी निवासी हाल रोजगारीको शिलशिलामा जापानमा कार्यरत रहदै आउनु भएका समाजसेवी थानिश्वर काफ्लेले नगद रू।५ हजार,गरि कुल ५० हजार आर्थिक सहयोग गर्नु भएको थियो  ।

    ganga prabi.jpg

    त्यस्तै मुसिकोट  नगरपालिका वडा न।२ ताल्तुङ गुल्मी निवासी सोही विद्यालयकी शिक्षक विना केसीले विद्यालयका सम्पूर्ण विद्यार्थीहरुलाई  टिफिन बक्स सहयोग गर्नुभएको थियो । त्यस्तै सोही अवसरमा विद्यालयको लागि मदाने गाउँपालिका वडा न ४ सिर्सेनी गुल्मी निवासी हाल रोजगारीको शिलशिलामा कतारमा कार्यरत रहदै आउनु भएका समाजसेवी लोक बहादुर केसीले विद्यालयको लागि रू११ हजार आर्थिक सहयोग गर्नुभएको छ ।

    कार्यक्रममा समाजसेवी तथा चन्ददाता कृष्ण बहादुर कार्कीले शुभकामना मन्तव्य राख्नुभएको थियो  । कार्यक्रममा समाजसेवी एवं चन्दादाता  हरि बहादुर खत्री,समाजसेवी तथा चन्दादाता कृष्णबहादुर कार्की, चन्दादाता विना केसी,समाजसेवी दुर्गा छिन्नल,लगायत विद्यालय व्यवस्थापन समिति,अभिभावक,शिक्षकहरू लगायतको सहभागी रहेको थियो ।

    कार्यक्रम गङगा प्राथमिक विद्यालयका  व्यवस्थापन समितिका अध्यक्ष जनक बहादुर खत्रीको अध्यक्षता तथा मुसिकोट नगरपालिका वडा नं। २ का वडाध्यक्ष रविन्द्र केसीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन  भने विद्यालयका प्रधानाध्यापक कौरव बहादुर खत्रीले गर्नुभएको थियो ।

    scl.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology