Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देही २ मा एमाले उम्मेदवारसहित कार्यकर्ताको चुनावी अभियान तिब्र

रुपन्देही २ मा एमाले उम्मेदवारसहित कार्यकर्ताको चुनावी अभियान तिब्र

  • 1.7K
    SHARES

  • रुपन्देही २ मा एमाले उम्मेदवारसहित कार्यकर्ताको चुनावी अभियान तिब्र

    बुटवल,कार्तिक २१ । 

    बुटवल । नेकपा एमालेले रुपन्देही क्षेत्र नं. २ ले चुनावी अभियानलाई आक्रामक पारेको छ । निर्वाचनको मिति नजिकिदै गर्दा रुपन्देही क्षेत्र नं. २ मा प्रतिनिधी सभा सदस्यका उम्मेदवार विष्णु पौडेल र प्रदेश सभा १ का उम्मेदवार लिला गिरी तथा २ का उम्मेदवार भोजप्रसाद श्रेष्ठले घरदैलो अभियानलाई आक्रामक पारेका छन् ।

    कतिपय घरदैलो प्रतिनिधी सभा सदस्यका उम्मेदवार विष्णु पौडेल सहित भइरहेका छन भने कतिपय घरदैलोमा प्रदेशसभाका उम्मेदवार सहित कार्यकर्ताहरुले चुनावी अभियानलाई तिब्रता पारेका हुन । त्यस बाहेक महिला भेला, युवा भेला तथा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गराउने क्रम पनि दिनानुदिन भइरहेको छ ।

    सोमबार मात्रै विष्णु पौडेल, लिला गिरी र भोजप्रसाद श्रेष्ठले ५ वटा भन्दा बढि कार्यक्रम गरे । विष्णु पौडेल र लिला गिरीले वडा नंं ९ को महिला भेलामा सहभागि भए भने वडा नं. ११ मा युवा भेलाको कार्यक्रममा समेत पुगे । त्यस्तै वडा नं. ७ र १० मा घरदैलो अभियान समेत सोमबार नै भयो । उता भोजप्रसाद श्रेष्ठले बुटवल १ को पुरानो बटौलीमा घरदैलो अभियान सम्पन्न गरे ।

    घरदैलो अभियानमा मतदातका सुझाव ग्रहण गर्दै चुनावी अभियानलाई तिब्र पारेका पौडेल, गिरी र श्रेष्ठले एमालेको विजयी नै रुपन्देहीको समग्र विकासका लागि हुने मतदाता सामु प्रतिबद्धता जायर गरे ।

    विभिन्न कार्यक्रममा सम्बोधन गर्दै नेता विष्णु पौडेलले एमालेले रुपन्देहीको विकासका लागि गरेका कार्यहरु घाम जस्तै छर्लङ भएको बताउँदै अधुरा र कार्यान्वयनको चरणमा रहेका कामहरु पनि सरकारमा पुगेपछि तिब्र रुपले सम्पन्न गर्ने बताए । रुपन्देहीको विकास पश्चिम क्षेत्रको मात्र नभई समग्र नेपालका लागि सिकाईको थलो बनिरहेको बताउँदै नेता पौडेलले अबको ५ बर्ष एमाले नेतृत्वको सरकार बनेको अवस्थामा देशकै समृद्ध शहर रुपन्देही बन्ने बताए । उनले पुर्वधार विकास मात्र नभई मानविय विकासलाई समेत संगसंगै लैजाने बताए ।

    ‘निर्माणधिन योजना सम्पन्न भएपछि रुपन्देहीले आर्थिक रुपमा फड्र्को मार्नेछ । त्यसपछि निर्माण सुरु हुन लागेका सिद्धबाबा सुरुङ मार्ग, तिनाउमा सिग्नेचर ब्रीज, तिनाउ दानव कोरिडोर, कालिगण्डकी डाईभर्सन, मोतिपुर औद्योगिक क्षेत्र, बुटवल–चन्द्रौटा सडक विस्तार पछि रुपन्देहीमा पर्यटकिय विकासले पनि फड्र्को मार्नेछ ।’ उनले भने ।

    पुर्व अर्थमन्त्री समेत रहेका पौडेलले रुपन्देही विकासको पर्याबाची समेत भएको बताए । उनले यस क्षेत्रमा अझै पनि गेम चेन्जर हुने परियोजना एमालेले अघि बढाउने समेत बताए । खेल, स्वास्थ्य, रोजगारीका अवसर सिर्जनाका साथै कृषि, पर्यटनको विकास आफ्नो पहिलो प्राथमिकतामा रहेको उनले बताए । साथै उनले अव्यवस्थित बसोबासी, भुमिहिनहरुको समस्या समधानलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए ।

    रुपन्देही क्षेत्र नं. २ (१) का उम्मेदवार लिला गिरीले प्रदेशको समृद्ध सपनालाई एमाले नेतृत्वको सरकारले मात्र पुरा गर्ने बताउँदै एमालेलाई मत दिनुपर्ने बताए ।

    ‘प्रदेशमा रहँदा हामीले स्वास्थ्य, शिक्षा, पर्यटन, सडक, रोजगारी, मानविय र भौतिक विकासमा गरेका कार्यहरु अहिलेको गठबन्धन सरकारले काटेको छ । त्यी अपुरा आयोजना कार्यान्वयनका लागि पनि एमालेको सरकार आवश्यक छ । त्यसैले मत दिएर विजयी हामिलाई गराउनुहोस ।

    त्यसैगरी रुपन्देही क्षेत्र नं. २ (२) का उम्मेदवार भोजप्रसाद श्रेष्ठले बुटवल क्षेत्रलाई ऐतिहासिक सहरको रुपमा विकास गर्ने गरी एमालेले योजना बनाएको बताए ।

    जिल्लाको ईतिहास संग जोडिएको पुरानो बटौलीको संरक्षण गर्दै त्यसलाई ऐतिहासिक बजारका रुपमा एमालेले योजना बनाएर कार्यान्वयनमा लैजाने उनको भनाई छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology