Logo मंगलवार, श्रावण १२ गते २०८३
images

जथाभावी ब्याजदर बढाए बैक तथा वित्तीय संस्थालाई कारबाही गरिन्छ: गृहमन्त्री खाण

जथाभावी ब्याजदर बढाए बैक तथा वित्तीय संस्थालाई कारबाही गरिन्छ: गृहमन्त्री खाण

  • 1.5K
    SHARES

  • जथाभावी ब्याजदर बढाए बैक तथा वित्तीय संस्थालाई कारबाही गरिन्छ: गृहमन्त्री खाण

    बुटवल, कार्तिक २१ ।

    गृहमन्त्री बालकृष्ण खाणले उद्योगी, व्यवसायी, श्रमिक, मजदूर र आम नागरिकलाई समस्या पर्नेगरी व्याज वृद्धि नगर्न बैंक तथा वित्तिय संस्थालाई निर्देशन दिनुभएको छ ।

    रुपन्देही सियारी गाउँपालिका ६ सर्जुगञ्जमा सोमबार भएको कार्यक्रममा गृहमन्त्री खाणले जथाभावी ब्याजदर वृद्धि गर्दा अर्थतन्त्रमा नकारात्मक प्रभाव परि मुलुक समस्यामा पर्न सक्ने बताउनुभयो ।

    उपयुक्त कारणविना सरकारको निर्देशनविपरीत जथाभावी ब्याजदर बढाएमा कारबाही गर्ने चेतावनी गृहमन्त्री खाणले बताउनुभयो । आम नागरिकलाई मर्का पर्नेगरी ब्याजदर बढाउदा कारबाही गर्न कानुनले नदिएमा कानुन समेत संशोधन गर्न सरकार तयार हुने उहाँको भनाइ छ ।

    यो भन्दा अघिल्लो एमाले नेतृत्वको सरकारको नीतिका कारण उद्योगी व्यवसायी समस्यामा परेको भन्दै मंसिर ४ गतेको निर्वाचनमा पाँच दलीय गठबन्धनले जितेपछि सही नीति ल्याएर पुरानै अवस्थामा फर्काउने बताउनुभयो ।  वर्तमान गठबन्धन सरकारका कारण उद्योग व्यवसाय समस्यामा परेको नभइ अघिल्लो सरकारको गलत नीतिका कारण समस्यामा परेको बताउनुभयो ।

    कोभिड-१९ र अघिल्लो सरकारको गलत नीतिका कारण समस्यामा परेको आर्थिक क्षेत्रलाई सबल बनाउने गरि निर्वाचनपछि बन्ने गठबन्धनको सरकारले नीति ल्याउने गृहमन्त्री खाणको भनाइ छ ।

    मुलुकभर पाँच दलीय गठबन्धनका पक्षमा लहर आएकाले संघ र सबै प्रदेशमा गठबन्धनको सरकार बन्नेगरि परिणाम आउने बताउनुभयो ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology