Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

रुपन्देहीको देवदहमा मगर दम्पती आफ्नै घरमा मृत फेला

रुपन्देहीको देवदहमा मगर दम्पती आफ्नै घरमा मृत फेला

  • 1.7K
    SHARES

  • रुपन्देहीको देवदहमा मगर दम्पती आफ्नै घरमा मृत फेला

    बुटवल,कार्तिक २१ ।

    रुपन्देहीको देवदहमा एक दम्पती आफ्नै घरमा मृत फेला परेका छन् । देवदह नगरपालिका–५ पाल्पाली टोलमा सोमबार बिहान श्रीमान श्रीमतीको मृत अवस्थामा फेला परेका छन् ।

    घर भित्र चुकुल लागेको अवस्थामा ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीया हेमकला जोल्मी मगर मृत अवस्थामा फेला परेको देवदह प्रहरी चौकीका प्रमुख गंगा बहादुर सारुले बताए ।  श्रीमतीको शव भुइँमा तन्नाले बेरिएको अवस्थामा रहेको र श्रीमानको शव पंखामा झुण्डिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

    श्रीमान् वैदेशिक रोजगारीबाट छुट्टीमा घर आएका थिए । उनले श्रीमतीको हत्या गरेर आफूले आत्महत्या गरेको हुनसक्ने  प्रारम्भिक अनुमान रहेको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, कार्तिक २१ २०७९१०:३४:४७

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology