Logo बिहिवार, आश्विन १ गते २०८३
images

स्रष्टासंग घनश्याम भुसालले भने-‘प्रतिबद्धता पूरा नगरे जनताको कठघरामा उभिन तयार छु’

स्रष्टासंग घनश्याम भुसालले भने-‘प्रतिबद्धता पूरा नगरे जनताको कठघरामा उभिन तयार छु’

  • 1.6K
    SHARES

  • स्रष्टासंग घनश्याम भुसालले भने-‘प्रतिबद्धता पूरा नगरे जनताको कठघरामा उभिन तयार छु’

    देवदह,कार्तिक १९।

    सत्तारूढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले आफ्नो वास्तविक परिक्षा सुरु भएको बताएका छन् । शनिबार देवदहमा आयोजित 'स्रष्टासंग घनश्याम भुसाल' कार्यक्रममा बोल्दै उनले प्रतिबद्धता पूरा नगरे जनताको कठघरामा उभिन तयार रहेको बताए ।

    स्रष्टाहरूले राखेका जिज्ञासाहरूको जवाफ दिँदै भुसालले निकै लामो संघर्ष गरेर नेकपा एमाले पार्टीलाई जनताको प्यारो पार्टी बनाएको तर संसद र सरकारमा जनताको मुद्दा उठाउँन एमाले नेतृत्वले बाधा पुर्याएको बताए । "हिजो पार्टीगत रूपमा केही अफ्ट्याराहरू थिए तर अब म स्वतन्त्र छु र मेरो वास्तविक परिक्षा अब सुरु भएको छ ।" उनले भने बोलेको कुरा पूरा गर्छु, कठघरामा उभिन म तयार छु।"

    नेपाली कला, साहित्य र लेखनको क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै उनले नेताहरूमा सहि सांस्कृतिक चिन्तन आवश्यक रहेको तर्क गरे ।

    पछिल्लो समय नेपाली राजनीति खराब लयमा गुज्रिरहनुमा समेत नेताहरूको समाज र संस्कृतिलाई बुझ्ने सवालमा रहेका समस्या कारक रहेको बताउँदै उनले भने, "अहिले जनताको राजनीतिलाई हेर्ने दृष्टिकोण पनि नकारात्मक रहेको छ । बिग्रेको राजनीतिलाई लेखन, साहित्य तथा विचारको माध्यमबाटै सुधारेर राजनीतिक नेतृत्व र समाजलाई सहि दिशामा हिडाउँन स्रष्टाहरूले भुमिका खेल्नुपर्नेछ ।"

    हिजो तपाइले संसदमा रहेर के गर्नुभयो र अब तपाइलाई फेरि किन संसदमा पठाउने भन्ने स्रष्टाको जिज्ञासामा भुसालले बिगतमा आफू संसदमा रहदा लोकतन्त्र र संविधानको रक्षा तथा पार्टी भित्रको गलत प्रवृत्ति विरुद्ध निर्धक्कका साथ आवाज उठाएको बताए। जनताको साथ, माया र उत्साह देख्दा निर्वाचन जित्छु जस्तो लागेको बताउँदै भुसालले अब संसदमा गएर बाँकी रहेका विकास निर्माणका अधुरा कार्य पूरा गर्ने प्रतिबद्धता जनाए ।

    कार्यक्रममा समालोचक तथा लेखक रामचन्द्र श्रेष्ठले अहिलेको चुनावमा एकातिर कमल थापा र दिपक बोहराहरू रहेको र अर्कोतिर घनश्याम भुसालहरू रहेकोले जनताले कसलाई संसदमा पठाउँने भन्ने फैसला सोही अनुसार गर्नुपर्ने बताए । देशको राजनीति दलाल उत्पादन गर्ने दिशातर्फ अगाडि बढिरहेको बताउँदै उनले बिग्रीएको राजनीतिलाई सहि दिशामा लैजान सांसदहरूको भुमिका हुने र त्यो भुमिका घनश्याम भुसालहरूले खेल्न सक्ने विश्वास व्यक्त गरे ।

    कार्यक्रममा युगीन साहित्य समाजका विष्णु विवस पोखरेल, फोनिज रुपन्देहीका उपाध्यक्ष प्रेम थापा, कलाकार तेजु अर्याल लगायतले समसामयिक विषयमा भुसालसंग जिज्ञासा राखेका थिए ।

    नेपाली लेखक संघ र अखिल नेपाल लेखक संघ रुपन्देहीले आयोजना गरेको कार्यक्रमको मिडिया सहकार्य प्रेस सेन्टर नेपालले गरेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology