बुटवल,कार्तिक १८ ।
लायन्स क्लव अफ बुटवल पिसले बुटवलको लुम्बिनी शिक्षालयका बिद्यार्थीहरुको निशुल्क आखाँ परिक्षण गरेको छ । बियालयमा कक्षा १ देखिमाथि अध्ययनरत ५५० जना बिद्यार्थीहरुको निशुल्क आखाँ परिक्षण हुनेछ ।
शिबिर आइतबार सम्म चल्नेछ । लायन्स क्लव अफ बुटवल पिसका अध्यक्ष बरूण पौडेलले सामाजिक उत्तरदायित्व अन्तर्गत बिद्यार्थीहरुको निशुल्क आखाँ परिक्षण गरिएको र बिभिन्न समयमा सामाजिक काम गरिरहने बताए ।उनले बिद्यार्थीहरुलाइ आँखाको सुरक्षाा गर्न आग्रह गरे ।
क्लवले यसअघि ज्योतिनगर पहिरोमा ३२८ बिरुवा रोपेको बताए । सो अबसरमा बोल्दै क्लवका सल्लाहकार ई कुशुमराज ज्ञवालीले आखांको दृष्टि सुरक्षा गर्नुपर्ने बताए ।
सो अबसरमा पत्रकार कपिल ज्ञवाली,प्राचार्य पुष्प थापा ,सुबिन थान्जु ,लायन्स आँखा अस्पतालका अमृत चौधरी लगायतले बोलेका थिए ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)