Logo बिहिवार, आश्विन १ गते २०८३
images

पाँच दलीय गठबन्धन अग्रगमनका लागि हाे : गृहमन्त्री खाँण

पाँच दलीय गठबन्धन अग्रगमनका लागि हाे : गृहमन्त्री खाँण

  • 1.4K
    SHARES

  • पाँच दलीय गठबन्धन अग्रगमनका लागि हाे : गृहमन्त्री खाँण

    भैरहवा, कत्तिक १७  ।

    गृहमन्त्री बालकृष्ण खाणले देशलाई अग्रगमन लैजान र राष्ट्रियताको संरक्षणका लागि पाँच दलीय गठबन्धन बनेको बताउनुभएको छ । नेपाली कांग्रेसका नेता समेत रहनुभएका खाणले बिहीबार भैरहवामा आयोजित तरुण प्रशिक्षण कार्यक्रममा सो कुरा बताउनुभएको हो ।

    देशको यथोचित विकास र समृद्धिका लागि सबै राजनीतिक दलको साझा प्रयासको खाँचो रहेको उहाँले बताउनुभयो । “पञ्चायतविरुद्ध २०४६ मा र २०६२–६३ मा सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याउँदा पनि कांग्रेस र बाम मोर्चा मिल्दा सफल भएको हो” गृहमन्त्री खाणले भन्नुभयो । 

    लोकतान्त्रिक गणतन्त्रबाट नै जनता मालिक बनेको चर्चा गर्दै उहाँले गणतन्त्रको माध्यमबाट नेपाली नागरिकको अवस्था बदल्न र रोजगारी सिर्जना गरी नेपाली जनतालाई खुसीयालीमा बदल्न पनि पाँच दलीय गठबन्धन आवश्यक रहेको दाबी गर्नुभयो । 

    ‘व्यवस्था बचाएर नागरिकको अवस्था बदल्न तथा पाँच बर्षभित्र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न पाँच दलीय गठबन्धनले मात्र सक्छ,’ उहाँले भन्नुभयो । युवाहरूमाथि मुलुकले ठूलो भरोसा राखेको बताउँदै युवाहरू ऊर्जाशील भएर उत्पादनमा जोडीनुुपर्नेमा जोड दिनुभयो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology