Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु

तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु

  • 1.1K
    SHARES

  • तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु

    तनहुँ, कात्तिक १६ ।

    तनहुँमा नरभक्षी चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । 

    व्यास नगरपालिका–१२ छिर्कने निवासी जगदिश कुवरको ८ वर्षको छोरा अभिनव कुँवरको मृत्यु भएको घटनास्थल पुग्नु भएका डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

    मङ्गलबार साँझ ६ः१५ घरको आँगनीमा बालक खेलिरहेको बेला चितुवाले आक्रमण गरी घरभन्दा दुई सय मिटर पर खरबारीमा लागेको उहाँले जानकारी दिनुभयो । 

    चितुवाले बालक लगेपछि गाउँवासीहरु चिच्चाउँदै कराउँदै निस्किएको र खोजी गर्ने क्रममा खरबारीमा बालकलाई मृत अवस्थामा भटिएको श्रेष्ठले बताउनुभयो । नौ दिनअघि मात्रै तनहुँको बन्दिपुर गाउँपालिका ३ सिस्नेघारीमा ११ वर्षीय बिना चेपाङको चितुवाको आक्रमणमा परी मृत्यु भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology