Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देही २ मा सत्ता गठबन्धनको चुनावी सरगर्मी

रुपन्देही २ मा सत्ता गठबन्धनको चुनावी सरगर्मी

  • 1.7K
    SHARES

  • रुपन्देही २ मा सत्ता गठबन्धनको चुनावी सरगर्मी

    बुटवल,कार्तिक १५ ।

    रुपन्देहीको क्षेत्र नं. २ मा नेपाली काँग्रेस सहितको सत्ता गठबन्धनमा चुनावी सरगर्मी बढेको छ । पछिल्लो समय राष्ट्रिय जनमुक्ति पार्टी पनि सत्ता गठबन्धनमा जोडिएपछि सत्ता गठबन्धनका नेता कार्यकर्तामा उत्साह थपिएको छ ।

    रुपन्देहीको क्षेत्र नं. २ मा प्रतिनीधि सभामा सत्ता गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेद्वार केशवबहादुर थापालाई समर्थन गरेपछि राष्ट्रिय जनमुक्तिले बाँकी क्षेत्रमा भएका आफ्ना उम्मेद्वारलाई निश्कृय बनाएर सत्ता गठबन्धनका उम्मेद्वारलाई विजयी बनाउने गरी चुनावी प्रचारप्रसारमा खटिएको छ ।

    यसले सत्ता गठबन्धनका उम्मेदवार तथा नेता कार्यकर्तालाई समेत उत्साहित बनाएको नेपाली काँग्रेस क्षेत्र नं. २ (क)का सभापति खड्गबहादुर महत बताउनु हुन्छ ।

    रुपन्देहीको क्षेत्र नं. २ मा सत्ता गठबन्धनको तर्फबाट प्रतिनीधि सभामा राष्ट्रिय जनमुक्तिका केन्द्रीय कार्यकारी अध्यक्ष केवशबहादुर थापा तथा प्रदेश सभा सदस्य पदमा (क) बाट नेपाली काँग्रेसका युवा नेता महासमिति सदस्य दीर्घबहादुर केसी र (ख) बाट नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य बामदेव क्षेत्री उम्मेद्वार हुनुहुन्छ । सोही अनुसार सत्ता गठबन्धनले चुनावी प्रचार प्रसारका काम तिब्र रुपमा अगाडि बढाएको छ ।

    रुपन्देही क्षेत्र नं. २ अन्तरगत प्रदेश सभा क्षेत्र नं. २ (क) का उम्मेद्वार दीर्घबहादुर (कुमार) केसीको पक्षमा जीत सुनिश्चित गराउने गरी चुनावी प्रचार प्रसारको काम अगाडि बढाईएको उहाँले बताउनु भयो ।

    गठवन्धनमा रहेका दलका नेता कार्यकर्तामा देखिएको उत्साह, सामाजिक क्षेत्रमा गरेको योगदान र मतदाताबाट प्राप्त भएको सुभेच्छा तथा आशिर्वादका कारण आफ्नो विजयलाई सुनिश्चित बनाएको प्रदेश सभा सदस्य पदका उम्मेद्वार दीर्घबहादुर (कुमार) केसीले बताउनु भयो ।

    kumar kc dirga.jpg

    कुलप्रसाद लामिछानेको संयोजकत्वमा गठित प्रतिवद्धता तयारी उपसमितिले उम्मेदवारहरुले जनताका सामु प्रस्तुत गर्ने प्रतिवद्धता पत्र तयारी पनि अन्तिम चरणमा पुगेको र छिटै सार्वजनिक गर्ने तयारीमा रहेको सभापति महतले बताउनु भयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology