अर्घाखाँची,कार्तिक १५ ।
अर्घाखाँचीमा निर्वाचन आचारसंहिता उल्लघन गर्दै मतदातालाई प्रभाव पार्न वितरण गर्न लागिएको खानेपानीको पाइप मुख्य निर्वाचन अधिकृतको कार्यालयले जफत गरेको छ।
अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका अनुसार सोमबार निर्वाचन कार्यालयसहितको टोलीले उक्त खानेपनीको पाइप जफत गरेको हो। टोलीले छत्रदेव गाउँपालिका वडा नम्बर– ६ मा पाइप समातेको घिमिरेले जानकारी दिए।
‘पाइप बाँड्न लैजाँदै गरेको थाहा पाएपहि हामीले पाइप बोक्ने गाडीलाई पच्छ्याएका थियौं। हामी आएको थाहा पाएपछि उनीहरुले गाडीमा नै पाइप छोडेर भागेका थिए,’ घिमिरेले भने ‘हामीले बाँड्न लगिँदै गरेको ५ बण्डल पाइप नियन्त्रणमा लिएका छौँ।’
अर्घाखाँचीबाट प्रतिनिधि सभाका उम्मेदवार रहेका नेकपा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझी पक्षका मानिसले उक्त पाइप बाँढ्न लग्दै गरेको फेला परेको घिमिरेले जानकारी दिए।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)