Logo बिहिवार, आश्विन १ गते २०८३
images

कार्तिक १८ देखि २२ गतेसम्म हुने सत्यवती मेलाको तयारी पूरा,चिच्याएर वर माग्ने प्रचलन

कार्तिक १८ देखि २२ गतेसम्म हुने सत्यवती मेलाको तयारी पूरा,चिच्याएर वर माग्ने प्रचलन

  • 1.7K
    SHARES

  • कार्तिक १८ देखि २२ गतेसम्म हुने सत्यवती मेलाको तयारी पूरा,चिच्याएर वर माग्ने प्रचलन

    बुटवल,कार्तिक १५ । 

    पाल्पाको सत्यवती मेलाको तयारी पूरा भएको छ । हरेक वर्षको कार्तिक पूर्णिमाका दिन लाग्ने धार्मिक मेला यस वर्ष कार्तिक १८ देखि २२सम्म लाग्दै छ । यहाँ चिच्याएर वर माग्ने चलन छ ।

    तिनाउ गाउँपालिका–४ मा रहेको सत्यवती ताल र सत्यवती मन्दिरमा लाग्ने उक्त मेलाको तयारी बारे समितिले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । समितिले मन्दिर तथा ताल परिषरमै पत्रकार सम्मेलन गरी कार्तिक १८ देखि २२ गतेसम्म ४ दिन लाग्ने मेला र तयारी बारे जानकारी गराएको हो ।

    सत्यवती देवीले कानले नसुन्ने भएकाले वर माग्दा चिच्याएर एउटा मात्र माग्नुपर्ने जनविश्वास छ । रातिको समयमा मन्दिरमा पूजा गर्नुअघि ताल परिक्रमा गर्दा चिच्याउँदै वर माग्ने चलन रहेको स्थानीयबासीको भनाई छ । 

    मन्दिरमा भाकल गरेमा मनोकांक्षा पूरा हुने विश्वासले मानिसहरु भाकल चढाउन भारतबाट समेत आउने गर्दछन् । पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी, रुपन्देही तथा नेपालका सीमाक्षेत्र गोरखपुर, सुनौली, विहारलगायतका स्थानबाट समेत भक्तजन आउने गर्दछन् ।

    धार्मिक मेलाको सुरक्षा व्यवस्थापनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्वयम् सेवकहरुको व्यवस्था गरिने भएको छ । विभिन्न सुरक्षा निकायहरुबाट ३ दर्जन बढी जनशक्तिको माग रिएको छ भने मन्दिर व्यवस्थापन समितिले थप एक दर्जन सुरक्षा स्वयम् सेवकको व्यवस्था गरिने सत्यवती ताल व्यवस्थापन समितिका अध्यक्ष दान बहादुर गाहाले जानकारी दिए ।

    satyawati mandir.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology