Logo मंगलवार, श्रावण १२ गते २०८३
images

समानुपातिक विकास गरेर रुपन्देहीलाई अग्रणी बनाउनेछु : गृहमन्त्री बालकृष्ण खाँण

समानुपातिक विकास गरेर रुपन्देहीलाई अग्रणी बनाउनेछु : गृहमन्त्री बालकृष्ण खाँण

  • 1.6K
    SHARES

  • समानुपातिक विकास गरेर रुपन्देहीलाई अग्रणी बनाउनेछु : गृहमन्त्री बालकृष्ण खाँण

    बुटवल,कार्तिक १४ । 

    गृहमन्त्री बालकृष्ण खाणले विकास हुँदा कोही पनि नागरिक विस्थापित हुन नपर्ने बताउनुभएको छ । रुपन्देहीलाई मुलुककै विकासको मुख्य केन्द्र बनाउने गरी काम गरिने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

    हरेक दृष्टिकोणले रुपन्देही विकासका लागि उपयुक्त ठाउँ भएको उल्लेख गर्दै कांग्रेस र पाँच दलीय गठबन्धनले जिल्लालाई देशकै नमुना बनाउने उहाँले विश्वास दिलाउनुभयो । पाँच दलीय गठबन्धनबाट रुपन्देही क्षेत्र ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहनुभएका कांग्रेसका केन्द्रीय सदस्य खाणले सोमबार रुपन्देहीमा आयोजित कार्यक्रममा बोल्दै जिल्लाको विकास र गौरव वृद्धिका लागि निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

    ‘क्षेत्रवासीले मात्रै होइन, जिल्ला र सिङ्गो मुलुकका नागरिकले मलाई र गठबन्धनलाई जुन किसिमको भरोसा गर्नुभएको छ, यसमा कुनै किसिमको कमी हुन दिँदैनौँ’ उहाँले भन्नुभयो, ‘हरेक क्षेत्रमा समानुपातिक विकास गरेर रुपन्देहीलाई अग्रणी जिल्ला बनाएरै छाड्छौँ ।’

    २०४८ देखि रुपन्देहीवासीले आफूलाई निरन्तर सहयोग, माया र सद्भाव देखाउँदैआएको स्मरण गर्दै गृहमन्त्री खाणले जनताको भरोसालाई कमी हुन नदिने बताउनुभयो । गौतम बुद्ध विमानस्थल, व्यापारिक मार्ग, सिँचाइ तथा कृषिका साना–ठूला दर्जनौँ योजना रुपन्देहीमा भित्र्याएर योजनाहरू सफल तुल्याउन आफूले अग्रणी भूमिका खेलेको उहाँले बताउनुभयो ।

    तिनाउ र दानव नदीले हुने गरेको कटान रोक्न आफू सिँचाइमन्त्री हुँदा जनताको तटबन्ध कार्यक्रम ल्याएर रोकथाम गरेको उहाँको दाबी छ । ‘नदीले कटान गरेको क्षेत्रमा जनताको जमिन छ, त्यसलाई संरक्षण गर्नुपर्छ, सार्वजनिक ठाउँ भएमा त्यहाँ विद्यालय, मन्दिर, पार्क बनाएर आम्दानीको स्रोत बनाउनुपर्छ’, उहाँले भन्नुभयो, ‘नदी कटानको भय सधैँका लागि अन्त्य गर्न यो सरकार कटिबद्ध छ, म र गठबन्धन कटिबद्ध छ ।’ उहाँले रोहिणी नदीमा पनि नदी कटानलाई व्यवस्थित गर्ने प्रतिबद्धता जनाउनुभयो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology