Logo मंगलवार, श्रावण १२ गते २०८३
images

‘मलाई विश्वास गरेर मत दिनुस् म सधै भरी जनताकै सेवा गर्ने छु ’ : रामकुमारी झाँक्री

‘मलाई विश्वास गरेर मत दिनुस् म सधै भरी जनताकै सेवा गर्ने छु ’ : रामकुमारी झाँक्री

  • 1.9K
    SHARES

  • ‘मलाई विश्वास गरेर मत दिनुस् म सधै भरी जनताकै सेवा गर्ने छु ’ : रामकुमारी झाँक्री

    गुल्मी,कार्तिक १४ । 

    गुल्मी क्षेत्र नम्बर -२ मा बाम गठबन्धनकी साझा उम्मेदवार रामकुमारी झाँक्रीले आफुलाई एक पटक विश्वास गरेर मतदान गर्न जनतालाई आग्रह गरेकी छन् ।

    इस्मा गाउँपालिका -४ कोटकोटरीमा भएको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन । उनले भनिन् ‘अरुलाई पटक पटक विश्वास गरेर मत दिएर मन्त्री, संसद बनाउनु भयो यस पटक मलाई विश्वास गरेर मत दिनुस् म सधै भरी जनताकै सेवा गर्ने छु ।’

    नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीकी सचीव समेत रहेकी झाँक्रीले आफुले विकासका योजना वर्गीकरण गरेर काम गर्ने ,तिनै तहका सरकार संग समन्वय गरेर काम गर्ने बताउदै गुल्मीमा केही महत्त्वपूर्ण योजना जसले जनताको भाग्य र भविष्यको ढोका खोलिदिन्छन त्यस्ता योजना अगाडि बढाउने दावी समेत गरिन ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology