Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

रुपन्देहीमा कारको ठक्करबाट शिशुसहित तीन जनाको मृत्यु 

रुपन्देहीमा कारको ठक्करबाट शिशुसहित तीन जनाको मृत्यु 

  • 1.4K
    SHARES

  • रुपन्देहीमा कारको ठक्करबाट शिशुसहित तीन जनाको मृत्यु 

    बुटवल,कार्तिक १४ । 

    रुपन्देहीमा कारको ठक्करबाट तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । भैरहवाबाट परासीतर्फ जाँदै गरेको कारले ओमसतिया–४ पननीमा बिहान ठक्कर दिँदा एक शिशुसहित तीन जनाको ज्यान गएको हो ।

    मृत्यु हुनेमा ओमसतिया –४ पननीकै १४ वर्षीया सीमा कुर्मी, २८ वर्षीया प्रमिला कुर्मी र ३५ दिनको एक शिशु रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक रवीन्द्र रेग्मीले बताउनुभयो । त्यस्तै शिशुकी आमा २४ वर्षिया वन्दना कुर्मी र सोही ठाउँ बस्ने २६ वर्षीया मञ्जु कुर्मी घाइते भएका छन् ।

    छठ समापनका लागि घाट जाने क्रममा उनीहरूलाई भैरहवातर्फबाट गएको कारले ठक्कर दिएको थियो । ठक्कर दिएपछि गाडीसहित फरार भएका चालक अझै पक्राउ परेका छैनन् ।घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
    ठक्कर दिने नम्बर नखुलेको कार र र चालकको खोजी भइरहेको रुपन्देही प्रहरीले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, कार्तिक १४ २०७९०३:०१:४१

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology