Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देही ५ : दलित मुक्ति मोर्चाद्धारा गठबन्धन जिताउन आब्हान

रुपन्देही ५ : दलित मुक्ति मोर्चाद्धारा गठबन्धन जिताउन आब्हान

  • 1.3K
    SHARES

  • रुपन्देही ५ :  दलित मुक्ति मोर्चाद्धारा गठबन्धन जिताउन आब्हान

    रूपन्देही, कार्तिक १४ ।

    रुपन्देहीको निर्वाचन क्षेत्र न. ५ मा गठबन्धनका उम्मेद्वारलाई विजयी बनाउन दलित मुक्ति मोर्चाले बिशेष अभियान थाल्ने भएको छ ।

    नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा सैनामैना नगरकमिटीको बैठकले गठबन्धनका उम्मेद्वारलाई विजयी गराउन निर्वाचन केन्द्रीत अभियान सञ्चालन गर्ने भएको हो । संविधानको रक्षा, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिताको पक्षमा मतदान गर्न गठबन्धनको पक्षमा उभिन समेत मोर्चाले आह्वान गरेको हो । मुक्ति मोर्चाले गठबन्धनमा आबद्ध दल निकटका दलित भातृ संगठनहरुको संयुक्त कार्यक्रम गर्ने समेत निर्णय गरेको छ ।

    राजनीतिक दलहरुले चुनावका बेलामा दलित, महिला, मधेशी सिमान्तकृत तथा लक्षित बर्ग समुदायलाई चुनाब जित्ने भोटरका रुपमा मात्र प्रयोग गर्ने गरेकाले त्यसको अन्त्य हुनका लागि पनि दलित तथा सिमान्तकृत समुदायका व्यक्तिहरुले बिकास,शुसाशन र पछाडि परेको बर्गको उत्थानका लागि काम गर्ने पार्टी र व्यक्तिलाई भोट हाली निर्वाचित गराउनका लागि टोल टोलमा पुगि सचेतनामुलक चुनावी प्रचारप्रसार गर्ने भएको हो ।

    कार्यक्रममा रुपन्देही क्षेत्र न ५ क का प्रदेश सभा सदस्य पदका उम्मेद्धार बिनोद पहाडीले रुपन्देहीको क्षेत्र न। ५ को विकास र समान्यायिक विकासका लागि गठबन्धनका उम्मेद्वारलाई जिताउन अपिल गरे । 

    उनले जनताको दैनिक जीवनस्तर सुधारका लागि सञ्चार र मानव अधिकारको क्षेत्रबाट सदैब पहल गरेको बताए । उनले आफु भुई तहबाटै संर्घष गरेर अहिले प्रदेशसभा सदस्य पदको उम्मेद्धारको रुपमा उम्मेद्धारी दिएको बताउदै जनताको प्रत्यक्ष सरोकारका बिषयमा निरन्तर आवाज विहिनहरुको आवाज बन्ने प्रतिबद्धता जनाए । उनले गठबन्धनबाट प्रतिनिधिसभा तर्फ नेपाली काँग्रेसका उम्मेद्वार भरत शाह र प्रदेशमा आफू उम्मेद्वार रहेको बताए ।

    बैठकमा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका सदस्य दीपिका शर्मा, प्रदेश सदस्य अमर क्षेत्री लगायतले बोलेका थिए । बैठक नेपाल दलित मुक्ति मोर्चा सैनामैनाका अध्यक्ष धन बहादुर बिकको अध्यक्षता, सन्तोष परियारको स्वागत मन्तव्य तथा सचिव राम बहादुर बिकको सञ्चालनमा सम्पन्न भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology