Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देही २ : गठबन्धन र जनमुक्ति तालमेल,केशव नै गठबन्धनका उम्मेद्वार !

रुपन्देही २ : गठबन्धन र जनमुक्ति तालमेल,केशव नै गठबन्धनका उम्मेद्वार !

  • 2.4K
    SHARES

  • रुपन्देही २ : गठबन्धन र जनमुक्ति तालमेल,केशव नै गठबन्धनका उम्मेद्वार !

    बुटवल, कार्तिक १३ ।

    रुपन्देही निर्वाचन क्षेत्र न २ मा प्रतिनिधिसभातर्फ राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेद्वार केशवबहादुर थापा सूर्यवंशीलाई समर्थन गर्दै गठबन्धनले सहमती गरेका छन । गठबन्धनका उम्मेद्वार नेकपा एकिकृत समाजवादीका राजु गुरुङको उम्मेद्वारी खारेज भएपछि विकल्पका रुपमा एमाले उपाध्यक्ष विष्णु पौडेल विरुद्ध भिडाउन जनमुक्तिका सूर्यवंशीलाई गठबन्धनले समर्थन गर्दै चार बुँदे सहमती समेत गरेका छन् ।

    सत्तारुढ पाँच दलीय गठबन्धन र राष्ट्रिय जनमुक्ति पार्टीले रुपन्देहीका पाँचवटा प्रतिनिधिसभा र १० वटा प्रदेशसभा निर्वाचनमा एक भएर जाने भएका छन् । गठबन्धन र जनमुक्ति पार्टीले शनिबार बुटवलमा संयुक्त पत्रकार सम्मेलन गर्दै जिल्लाका निर्वाचन क्षेत्रहरुमा साझा उम्मेदवार तय गर्दै एक आपसमा सघाउने घोषणा गरेका छन । रुपन्देही क्षेत्र नम्बर २ को प्रतिनिधिसभामा गठबन्धनलाइ जनमुक्ति पार्टीका केशवलाई सघाउने गरि सहमती सार्वजनिक गरेका छन ।

    प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेशसभा १ र २, तथा क्षेत्र नम्बर ३ को प्रदेशसभा २, प्रतिनिधिसभा क्षेत्र नम्बर १, ३, ४ र ५ मा जनमुक्ति पार्टीले गठबन्धनका उम्मेदवारलाई सघाउने सहमती भएको छ । गठबन्धनका तर्फबाट नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङको संयोजकत्वमा, नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य वामदेव क्षेत्री, नेपाली काँग्रेस रुपन्देहीका सभापती रामकृष्ण खाँण सदस्य रहेको समितिले जनमुक्तिसँग सहमती गरेका हुन ।

    प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा डिबी थापा, प्रदेशसभा १ मा विमला गुरुङ र प्रदेशसभा २ मा छत्रबहादुर दर्लामी, क्षेत्र नम्बर ३ को प्रतिनिधिसभामा मोजिद अली, प्रदेशसभा २ मा मीनबहादुर पल्लीमगरको उम्मेद्वारी निष्कृय बनाउने निर्णय भएको गठबन्धन र जनमुक्तिले जारी गरेको संयुक्त विज्ञप्तीमा उल्लेख छ ।

    विज्ञप्तीमा गठबन्धनका तर्फबाट वार्ता समिति संयोजक राजु गुरुङ, नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य वामदेव क्षेत्री, नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाण, लोसपाका अजय बर्मा, नेपाल समाजवादी पार्टीका कमल खनाल र राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीका अध्यक्ष प्रेम बहादुर थापाले हस्ताक्षर गरेका छन् ।

    गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले जनमुक्तिलाई समर्थन नगरि नेपाल मजदुर किसान पार्टीका उम्मेद्वार हरिसुन्दर बासीलाई समर्थन गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology