Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

अर्घाखाँचीमा अवैध पटका बरामद

अर्घाखाँचीमा अवैध पटका बरामद

  • 1.1K
    SHARES

  • अर्घाखाँचीमा अवैध पटका बरामद

    अर्घाखाँची,कात्तिक ८ ।

    महेन्द्र राजमार्ग अन्तर्गत अर्घाखाँचीको शितगंगा नगरपालिकाको सातमारामा प्रहरीले २० प्याकेट पटका बरामद गरेको छ ।

    प्रहरी चौकी सातमाराबाट प्रहरी नायक निरीक्षक सूर्य बहादुर पन्थीको कमाण्डमा खटिएको प्रहरी टोलीले सितगंगा नगरपालिका वडा नम्बर  ८ स्थित महेन्द्र राजमार्गमा विभिन्न सवारी साधनहरु चेकजाँच गर्दा पटका बरामद भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी मुकुन्द रिजालले बताउनुभयो ।

    कृष्णनगर बाट घोराही तर्फ जादै गरेको बसबाट अबैध रुपमा लुकाइ छिपाई लिइएको विभिन्न किसिमका  २० प्याकेट पटकाहरु बरामद  नष्ट गरिएको प्रहरीको भनाइ छ।

    दिपावलीको समयमा पटका पड्काउँदा हुन सक्ने , आगलागीका घटनाहरू भई जनधनको क्षति हुनुका साथै भौतिक तथा मानवीय क्षति भइ शान्ति सुरक्षामा असर पर्ने भएकोले यस्ता कार्य नगर्न नगराउनु हुन प्रहरीले सबैमा अनुरोध गरेको छ  ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology