Logo बिहिवार, आश्विन १ गते २०८३
images

सम्पादक ज्ञवालीसहित ९ जना पत्रकार पुरस्कृत

सम्पादक ज्ञवालीसहित ९ जना पत्रकार पुरस्कृत

  • 2.6K
    SHARES

  • सम्पादक ज्ञवालीसहित ९ जना पत्रकार पुरस्कृत

    बुटवल, कार्तिक ६ । 

    नेपाल पत्रकार महासंघ रुपन्देहीले जिल्लामा क्रियाशिल ९ जना पत्रकारलाई पुरस्कृत गरेको छ । साधरणसभाको अवसरमा आईतबार पुरस्कारहरु बितरण गरिएको हाे ।

    बुटवल उपमहानगरपालिकासँग सहकार्य गरि स्थापना गरिएको उत्कृष्ट पत्रकारिता पुरस्कार २०७५बाट यानेन्द्र जिसि, २०७६ बाट रामप्रसाद आचार्य र २०७७  बाट रेखा भुसाल पुरस्कृत भएका छन ।

    जिसि दैनिक लुम्बिनीका सल्लाहकार सम्पादक हुन । आचार्य नेपाल प्रेस र दैनिक पत्रमा आबद्ध छन भने भुसाल नागरिक दैनिक लुम्बिनी प्रदेश संयोजक हुन् । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले संयुक्त रुपमा नगद ५० हजार राशी सहित प्रमाणपत्रले पुरस्कृत गरेका हुन् ।

    यस्तै  सिद्धार्थ नगरपालिकाकासँगको सहकार्यमा स्थापना गरिएको सिद्धार्थ श्रमजीवि पत्रकारिता पुरस्कार २०७६ बाट नरेश केसी, २०७७ बाट प्रकाश न्यौपाने र २०७८ बाट प्रतिक पौडेल पुरस्कृत भएका छन ।

    यो पुरस्कार महासंघका केन्द्रीय अध्यक्ष पोखरेल र सिद्धार्थ नगरपालिकाका प्रमुख इस्तियाक अहमदले प्रदान गरेका हुन । 
    यसैगरि बुटवल पब्लिक स्कूलद्धारा स्थापित उत्कृष्ट शिक्षा पत्रकारिता पुरस्कारबाट २०७५ बाट नागरिक अनलाइनका सम्पादक कपिल ज्ञवाली,२०७६ बाट पुजा पन्थी, २०७७ बाट चन्द्रकान्त खनाल पुरस्कृत भएका छन ।

    यो पुरस्कार महासंघका केन्द्रीय अध्यक्ष पोखरेल र पुरस्कारका संस्थापक बुटवल पब्लिक स्कूलका संस्थापक हेमलाल शर्मा भुसालले प्रदान गरेका हुन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology